७० लाख बराबरको लत्ताकपडासहित ट्रक नियन्त्रणमा
सोमबार, ०७ फागुन २०८०, १० : २४
पर्सा । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका– २५ बहुअरीबाट गत फागुन १२ गते राति सशस्त्र प्रहरीले शङ्कास्पद बिलविजक भएको ७० लाख रुपैयाँ बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ ।
वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना. ८ ख ३९७८ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै गरेको लत्ताकपडाको वलविजक शङ्कास्पद देखिएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रकसहित नियन्त्रणमा लिएको हो । लत्ताकपडाको ७० लाख र ट्रकको अन्दाजी मूल्य ४० लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औनाही चम्किँदा मोरक्को क्वाटरफाइनलमा
-
औनाहीको व्यक्तिगत दोस्रो गोलसँगै मोरक्को क्यानडाविरुद्ध २-० ले अघि
-
५० औँ मिनेटमा अज्जेदिन औनाहीको गोल, क्यानडाविरुद्ध मोरक्को १-० ले अघि
-
१२ बजे १२ समाचार: नेतृत्व हस्तान्तरणमा अनिच्छादेखि मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’सम्म
-
क्यानडा–मोरक्को भिडन्त: पहिलो हाफमै आधा दर्जन पहेँलो कार्डको वर्षा
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण