मिटरब्याज पीडित र दुध किसानको समस्या समाधान नभए संसदको अर्को बैठक अवरुद्ध पार्छौंः अध्यक्ष लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज तथा लघुवित्त पीडित र दुग्ध किसानहरुको समस्या समाधान नभए संसदको आगामी बैठक अवरुद्ध पार्ने चेतावनी दिएका छन् ।
मिटरब्याज पीडित र लघुवित्त पीडितहरुले फेरि काठमाडौंमा आन्दोलन चर्काइरहेका बेला उनले सरकारले उनीहरुलाई खुशी बनाएर फिर्ता नगरे आफूहरु संसद र सडक दुवै संघर्ष चर्काउने चेतावनी दिएका हुन् । सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै अध्यक्ष लिङदेनले बालकुमारी घटनामा दोषी करार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा, मिटरब्याजी पीडित, लघुवित्त पीडित र दुग्ध उत्पादक किसानहरुको भुक्तानीको विषयमा सर्वहारावर्गको अधिनायकत्व स्थापना गर्ने नारा दिएर अगाडि बढेको पार्टी नेतृत्वको सरकारले देखेर पनि नदेखेको जस्तो गरेर बसेको भन्दै आक्रोश समेत व्यक्त गरे । लिङ्देनले उनीहरुको मागलाई सम्बोधन नगरेर संसदको आगामी बैठक अवरुद्ध गर्ने र त्यसक्रममा संसदबाट बाहिरिन परे पनि आफ्नो पार्टी तयार रहेको पनि बताए ।
अध्यक्ष लिङदेनले सरकारले पीडामा रहेका जनताको समस्यालाई पनि बेवास्ता गरिरहेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जुन कपूरसँगको अफेयरको हल्लामा के भन्छिन् साहिबा बाली ?
-
विदेशमा रहेका नेपालीका लागि एउटै प्रकृतिका दुई एप्स
-
झापाका विद्यार्थीलाई विपद् व्यवस्थापन तथा सर्पदंश रोकथाम तालिम
-
सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र
-
लगातार छैटौँ दिन बढ्यो सेयर बजार, ६ अर्ब ६७ करोडको कारोबार
-
अमेरिकी आक्रमण जारी रहेसम्म स्ट्रेट अफ होर्मुज नखुल्ने इरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण