सेयर बजार
लगातार छैटौँ दिन बढ्यो सेयर बजार, ६ अर्ब ६७ करोडको कारोबार
मङ्गलबार, ०५ साउन २०८३, १५ : ४७
सारांश
- सेयर बजार लगातार छैटौँ दिन पनि बढेको छ, जसले गर्दा बजार २७२६.४९ बिन्दुमा पुगेको छ।
- मंगलबार १०३ कम्पनीको सेयर मूल्य बढ्दा १६२ कम्पनीको घटेको छ, भने १२ कम्पनीको स्थिर रहेको छ।
- यस दिन ३४३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जसमा रिडि पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ।
काठमाडौँ। सेयर बजार लगातार छैटौँ दिन पनि बढेको छ । मंगलबार सेयर बजार ७.२५ अङ्कले बढेसँगै बढ्ने क्रमले छैटौँ दिन पनि निरन्तरता पाएको हो। योसँगै बजार २७२६.४९ बिन्दुमा पुगेको छ।
आज १०३ कम्पनीको सेयर मूल्य बढ्दा १६२ कम्पनीको सेयर मूल्य घटेको छ। १२ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन।
मंगलबार ३४३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। जसमध्ये सबैभन्दा धेरै कारोबार रिडि पावर कम्पनीको भएको छ । रिडिको ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
साथै आँखु खोलाको ३१ करोड, रिलाइन्स स्पिीनिङको २७ करोड र हिमालयन रिइन्स्योरेन्सको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
एभरेस्ट कलरको लिमिटेडको मूल्य सर्वाधिक १४.९८ प्रतिशतले बढेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण