वेल्डिङ गर्दा ग्यास सिलिन्डर विस्फोट, एक जनाको मृत्यु, पाँच घाइते
बारा । बारा जिल्लाको निजगढ नगरपालिका–७ मा सोमबार ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । निजगढ बजारमा सञ्चालनमा रहेको रेशम मगरको वर्कसप लेथमा ग्यास वेल्डिङ गर्ने क्रममा दिउँसो करिब १२ बजे ग्यास सिलिन्डर विस्फोट भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।
घटनामा ६ जना घाइते भएकोमा ४५ वर्षीय रेशम मगरको पर्साको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारको क्रममा साढे १ बजे मृत्यु भएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । सो अस्पतालमा वीरगन्ज महानगरपालिका–९ बस्ने ३४ वर्षीय फिरोद देवान र २० वर्षीया रितु रजतका साथै भारत घर भएका ३५ वर्षीय राकेश जयसवाल र २० वर्षीय अरविन साहको उपचार भइरहेको छ ।
घटनामा घाइते ४५ वर्षीय सूर्यबहादुर थापाको बाराकै सामुदायिक प्रसूति गृह अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औनाहीको व्यक्तिगत दोस्रो गोलसँगै मोरक्को क्यानडाविरुद्ध २-० ले अघि
-
५० औँ मिनेटमा अज्जेदिन औनाहीको गोल, क्यानडाविरुद्ध मोरक्को १-० ले अघि
-
१२ बजे १२ समाचार: नेतृत्व हस्तान्तरणमा अनिच्छादेखि मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’सम्म
-
क्यानडा–मोरक्को भिडन्त: पहिलो हाफमै आधा दर्जन पहेँलो कार्डको वर्षा
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण