रौतहटको सगरमाथा अस्पतालबाट ३ नक्कली डाक्टर पक्राउ
रौतहट । रौतहटको गौरस्थित एक निजी अस्पतालबाट तीनजना नक्कली डाक्टर पक्राउ परेका छन् । यमुनामाई गाउपालिका १ सुकदेव चौकमास्थित सगरमाथा तराई हस्पिटल प्रा.लिमा कार्यरत ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य जिल्ला पूर्वी चम्पारण थाना ढाका वडा नं.१४ खैरवा बस्ने ४५ को हसिंन अख्तर, भारत बिहार राज्य जिल्ला पूर्वी चम्पारण थाना सिकारगंज वडा नं.३ वटोआ बस्ने २७ को मो. तबरेज आलम र यमुनामाई गा.पा.वडा नं.२ भेडियाहीटोल बस्ने २७ को कलाम मन्सुरी रहेको प्रहरीले जनाएको छ ।
निर्धारित शैक्षिक योग्यता प्राप्त नगरेका र उपचार गर्ने अनुमतिपत्र प्राप्त नगरेका व्यक्तिहरूलाई राखी बिरामीहरूको एपेन्डिस, पायल्स, युटेरस लगायतका अपरेसन हुँदै आएको सूचनाको आधारमा ती नक्कली डाक्टर पक्राउ परेको रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
उनीहरूलाई गत फागुन १ गते जिल्ला प्रशासन कार्यालय रौतहट तथा जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त अनुगमन टोलीले अस्पतालमा अनुगमन गर्दा पक्राउ गरेको एसपी श्रेष्ठले बताएका छन्।
उनीहरूसँग बिरामीहरूको उपचार गर्न पाउने इजाजत पत्र माग गर्दा निजहरूसँग उपचार गर्नको लागि चाहिने निर्धारित शैक्षिक योग्यताको प्रमाण पत्र नभएको कारण निजहरूलाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ईलाज सम्बन्धी कसूरमा मुद्दा दर्ता समेत गरेको एसपी श्रेष्ठले जानकारी दिएका छन्।
अस्पताल सञ्चालनमा संलग्न अन्य व्यक्तिहरूको खोजतलास गर्ने कार्य भइरहेको उनले जानकारी दिएका छन् । पछिल्लो समय रौतहटमा बिना दर्ता व्यापक रूपमा निजी अस्पताल सञ्चालन भइरहेको पाइएको छ । नियमनकारी निकायले जिल्लामा सञ्चालित त्यस्ता अस्पतालहरूको अनुगमन नगर्दा सयौँ नागरिकहरूले अकालमा ज्यान गुमाउनु परिरहेको स्थानीयहरूले बताएका छन्। रौतहट स्थित सञ्चालित निजी स्वास्थ्य संस्थाहरूको अविलम्ब अनुगमन गर्न जिल्लावासीले माग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीलाई संकटबाट बाहिर ल्याउन सरकार कठोर हुनुपर्ने अवस्था आयो: मन्त्री रावल
-
बागमतीको बजेट बहुमतले पारित
-
शुक्लाफाँटामा ‘ग्रीन एण्ड क्लीन’ अभियान सुरु
-
सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री
-
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत
-
मन्त्रालयको सङ्ख्या घटाउँदा रु २० अर्ब बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण