न्युजिल्याण्ड र कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

काठमाडौँ । न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १२ लाख ७० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-४ चन्डोल बस्नेहरू लमजुङ दोर्दी गाउँपालिका-७ घर भएका ३० वर्षीय रेशम गुरुङ र ३० वर्षीय गंगा गरूङ रहेका छन् ।
उनीहरूले १ जनालाई वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख ५० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौँ चन्डोलबाट पक्राउ गरेको हो ।
यस्तै, कतार पठाइदिन्छु भन्दै २ लाख ७० हजार रुपैयाँ ठगी गरेको अभियोगमा टोखा नगरपालिका-९ बस्ने ३५ वर्षीया रोशनी राणालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राणाले १ जनालाई वैदेशिक रोजगारीका लागि कतार पठाई प्रतिष्ठित कम्पनीमा मासिक ७० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-११ फैकाबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योगको नाममा मानव स्वास्थ्यमाथि प्रहार हुनु हुँदैन
-
सबै उद्योगलाई प्रशोधन उपकरण जडान गर्न लगाउनु पर्छ
-
आईपीएल इतिहासकै कीर्तिमानी दाजुभाई बने शान र मिचेल मार्श
-
औद्योगिक रसायनले प्रदूषित सिर्सिया नदी, तटीय क्षेत्रमा कस्तो असर ?
-
उत्साही बेंगलुरु र उपाधि होडबाट बाहिरिएको हैदराबाद पहिलो पटक इकाना स्टेडियममा भिड्दै
-
प्रतिनिधिसभामा १६५ जना सदस्य भए पुग्छ : रमेश रिजाल