न्युजिल्याण्ड र कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
काठमाडौँ । न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १२ लाख ७० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-४ चन्डोल बस्नेहरू लमजुङ दोर्दी गाउँपालिका-७ घर भएका ३० वर्षीय रेशम गुरुङ र ३० वर्षीय गंगा गरूङ रहेका छन् ।
उनीहरूले १ जनालाई वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख ५० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौँ चन्डोलबाट पक्राउ गरेको हो ।
यस्तै, कतार पठाइदिन्छु भन्दै २ लाख ७० हजार रुपैयाँ ठगी गरेको अभियोगमा टोखा नगरपालिका-९ बस्ने ३५ वर्षीया रोशनी राणालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राणाले १ जनालाई वैदेशिक रोजगारीका लागि कतार पठाई प्रतिष्ठित कम्पनीमा मासिक ७० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-११ फैकाबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण