धरानमा विमानस्थल निर्माण भए हवाई नीति विपरीत हुने
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल निर्माणका लागि फिजिबल नभएको बताएको छ ।
सुनसरी जिल्लाको धरान उपमहानगरपालिकामा बन्ने भनिएको विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन अनुसार सो क्षेत्रमा विमानस्थल निर्माण गर्दा विद्यमान हवाई नीति, २०६३ विपरीत हुने भएकाले सम्भावना नभएको निष्कर्ष प्राधिकरणले निकालेको हो ।
राष्ट्रिय हवाई नीति, २०६३ अनुसार ‘तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने’ नीतिगत व्यवस्था छ । तर, विराटनगर विमानस्थलबाट प्रस्तावित क्षेत्र ४० नटिकल माइल भन्दा कम दुरीमा पर्ने हुँदा प्राधिकरणले विमानस्थल निर्माणमा प्रश्न उठाएको हो ।
यस्तै उक्त क्षेत्रको आर्थिक विश्लेषण पश्चात् सडक यातायातको सहज उपलब्धता तथा त्यस क्षेत्रको भौगोलिक अवस्थितिले गर्दा वान वे अप्रोच मात्र सम्भव हुँदा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नभएको प्राधिकरणले बताएको छ ।
साथै विमानस्थल निर्माणका लागि आवश्यक अन्य विविध टेक्निकल तथा अप्रेसनल कन्स्ट्रेस्ले गर्दा गर्दा उक्त ठाउँमा विमानस्थल निर्माण गर्न फिजिबल नरहेको प्राधिकरणको बताएको छ ।
यसअघि धरान उपमहानगरपालिकामा विमानस्थल निर्माण गर्ने गरी मेयर हर्क साम्पाङले पहल गरिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण