शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
फोटोमा हेर्नुस् पोखराको मगर दिवस
फोटोफिचर

फोटोमा हेर्नुस् पोखराको मगर दिवस

मङ्गलबार, १५ फागुन २०८०

पोखरा । पोखरामा ४२ औँ मगर दिवस भव्यताका साथ मनाइएको छ । नेपाल मगर संघ कास्कीको आयोजनामा विशेष झाँकी सहित औपचारिक कार्यक्रम गरेर दिवस मनाइएको हो ।

magar diwas (2)

पोखराका विभिन्न ठाउँबाट मगर संस्कृति झल्कने झाँकी, गीत र नाच निकालिएको थियो । मानवअधिकार चोकबाट चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुँदै सभागृहमा पुगेर औपचारिक कार्यक्रम गरिएको हो ।

magar diwas (3)

सहभागीहरूले मगर समुदायको अधिकारका निम्ति प्रदर्शन गरेका छन् । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा भएको पहिलो लाङघाली परिवार संघको महाधिवेशनलाई मगर संघ स्थापना भएको दिनका रूपमा लिइन्छ ।

सोही दिनको सम्झनामा हरेक वर्ष फागुन १५ लाई ‘मगर एकता दिवस’का रूपमा मनाउन थालिएको हो । मगर दिवसको अवसरमा गण्डकीका मगर बाहुल्य पालिकाहरूले सार्वजनिक बिदा नै दिएका छन् । हरेक जसो पालिकामा विभिन्न सार्वजनिक कार्यक्रम पनि गरिएको छ ।

magar diwas (1)magar diwas (4)magar diwas (5)magar diwas (6)magar diwas (7)magar diwas (8)magar diwas (9)magar diwas (10)magar diwas (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया