पोखरा । पोखरामा ४२ औँ मगर दिवस भव्यताका साथ मनाइएको छ । नेपाल मगर संघ कास्कीको आयोजनामा विशेष झाँकी सहित औपचारिक कार्यक्रम गरेर दिवस मनाइएको हो ।
_Lx6vSWKwBp.jpg)
पोखराका विभिन्न ठाउँबाट मगर संस्कृति झल्कने झाँकी, गीत र नाच निकालिएको थियो । मानवअधिकार चोकबाट चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुँदै सभागृहमा पुगेर औपचारिक कार्यक्रम गरिएको हो ।
_UgUUecy3LV.jpg)
सहभागीहरूले मगर समुदायको अधिकारका निम्ति प्रदर्शन गरेका छन् । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा भएको पहिलो लाङघाली परिवार संघको महाधिवेशनलाई मगर संघ स्थापना भएको दिनका रूपमा लिइन्छ ।
सोही दिनको सम्झनामा हरेक वर्ष फागुन १५ लाई ‘मगर एकता दिवस’का रूपमा मनाउन थालिएको हो । मगर दिवसको अवसरमा गण्डकीका मगर बाहुल्य पालिकाहरूले सार्वजनिक बिदा नै दिएका छन् । हरेक जसो पालिकामा विभिन्न सार्वजनिक कार्यक्रम पनि गरिएको छ ।
_jVjfocuLBb.jpg)
_xxPgW1z6VN.jpg)
_6LMpASlt9A.jpg)
_VSA5m3e2E4.jpg)
_lwD4ueOi8F.jpg)
_5bcZZAiqFu.jpg)
_2SfqVq7hH6.jpg)
_iTjAtk44s3.jpg)
_ojYM5AafSQ.jpg)
प्रतिक्रिया