गैरआर्थिक भ्रष्टाचारजन्य कार्यहरुमाथि अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आर्थिक अनियमितता लगायत भ्रष्टाचारको परिभाषाभित्र पर्ने गैरआर्थिक भ्रष्टाचारजन्य कार्यहरुमाथि समेत प्रभावकारी रुपमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।
त्यस्ता प्रकृतिका भ्रष्टाचारलाई कारबाहीको दायरामा आउने गरी कार्यसम्पादन गर्न निर्देशन दिएको हो ।
मंगलबार सिंहदरबारस्थित समितिको बैठकमा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई र सचिव रामेश्वर दंगाललाई छलफलमा बोलाई समितिले आयोगले गरिरहेको कामकारबाहीबारे जानकारी दिएको छ ।
बैठकमा संसदीय समितिले विभिन्न मिति र विषयमा शीघ्र अनुसन्धान गरी निष्कर्षमा पुग्न र कानुनी प्रक्रियामा लैजान आयोगलाई दिएका निर्देशनहरुको कार्यान्वयनको अवस्थाबारे राईले जानकारी गराएका थिए ।
भ्रष्ट्राचारका विषयमा लामो समयसम्म निष्कर्षमा नपुग्दा आम नागरिकमा आशंका र दुबिधा उब्जिने भएकोले सो विषयलाई समेत मध्यनजर गर्दै आयोगबाट शीघ्र कार्यसम्पादन गर्नपनि समितिले निर्देशन दिएको छ ।
यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्य अनुसन्धान गर्ने सरकारी निकायहरुले कतिपय विषय र अवस्थामा बहुआयामिक अध्ययन, अनुसन्धान, अन्य देशसँग सूचना आदानप्रदान गर्नुपर्ने र सो कार्यका लागि आवश्यकता अनुसार बहुपक्षीयर द्विपक्षीय सम्झौता गर्ने, संसदबाट अनुमोदन गराउने कार्यलाई प्राथमिकताका साथ गर्न, गराउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण