शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

गैरआर्थिक भ्रष्टाचारजन्य कार्यहरुमाथि अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

मङ्गलबार, १५ फागुन २०८०, १८ : ३५
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आर्थिक अनियमितता लगायत भ्रष्टाचारको परिभाषाभित्र पर्ने गैरआर्थिक भ्रष्टाचारजन्य कार्यहरुमाथि समेत प्रभावकारी रुपमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । 

त्यस्ता प्रकृतिका भ्रष्टाचारलाई कारबाहीको दायरामा आउने गरी कार्यसम्पादन गर्न निर्देशन दिएको हो । 

मंगलबार सिंहदरबारस्थित समितिको बैठकमा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई र सचिव रामेश्वर दंगाललाई छलफलमा बोलाई समितिले आयोगले गरिरहेको कामकारबाहीबारे जानकारी दिएको छ । 

बैठकमा संसदीय समितिले विभिन्न मिति र विषयमा शीघ्र अनुसन्धान गरी निष्कर्षमा पुग्न र कानुनी प्रक्रियामा लैजान आयोगलाई दिएका निर्देशनहरुको कार्यान्वयनको अवस्थाबारे राईले जानकारी गराएका थिए । 

भ्रष्ट्राचारका विषयमा लामो समयसम्म निष्कर्षमा नपुग्दा आम नागरिकमा आशंका र दुबिधा उब्जिने भएकोले सो विषयलाई समेत मध्यनजर गर्दै आयोगबाट शीघ्र कार्यसम्पादन गर्नपनि समितिले निर्देशन दिएको छ । 

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्य अनुसन्धान गर्ने सरकारी निकायहरुले कतिपय विषय र अवस्थामा बहुआयामिक अध्ययन, अनुसन्धान, अन्य देशसँग सूचना आदानप्रदान गर्नुपर्ने र सो कार्यका लागि आवश्यकता अनुसार बहुपक्षीयर द्विपक्षीय सम्झौता गर्ने, संसदबाट अनुमोदन गराउने कार्यलाई प्राथमिकताका साथ गर्न, गराउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप