३२ किलो गाँजासहित विभिन्न स्थानबाट ६ जना पक्राउ

काठमाडौँ । लागु औषध गाँजासहित देशका विभिन्न स्थानमा ६ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट करिब ३२ किलो गाँजा बरामद गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
बाराको सिम्रौनगढ नगरपालिका-४ गंगानगरबाट गाँजा करिब १५ किलोसहित रौतहट फतुवा विजयपुर नगरपालिका-३ बस्ने ५० वर्षीय रामानन्द साह समेत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको ना.३८ प १४११ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा प्लास्टिकले बेरी लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
यता धादिङको गल्छी गाउँपालिका-७ सिमबजारबाट करिब १० किलो गाँजासहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके घर भएका २४ वर्षीय सोलामोदिन शेक र सोही उपमहानगरपालिका-७ बस्ने २४ वर्षीय राम्जन आली रहेका छन् । प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यसैगरी सर्लाहीको लालबन्दी नगरपालिका-१ लखनदेही पुलस्थित सडकबाट करिब ७ किलो गाँजासहित भारत घर भएका २० वर्षीय छोटु पासवानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले बीआर ३० एजी १६४४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक पासवानलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदभित्रै सांसद थापाले च्याते बजेट किताब
-
सचिवको धम्कीबाट नडराउन सरकारलाई पाण्डेको सुझाव
-
राप्रपाले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गर्यो
-
बाढीको जोखिम रहेको उपत्यकाका नदीको अनुगमनमा मन्त्री
-
माओवादीले संघीय निजामती विधेयकबारे संसद्मा कुरा उठायो
-
भोटेकोसी र सुनकोसी किनार क्षेत्रमा उच्च सुरक्षा सतर्कता