सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बक्स अफिसमा यामीको ‘आर्टिकल ३७०’ को दबदबा

बुधबार, १६ फागुन २०८०, १२ : ३९
बुधबार, १६ फागुन २०८०

नयाँ दिल्ली । बलिउड अभिनेत्री यामी गौतमको फिल्म ‘आर्टिकल ३७०’ ले शानदार व्यापार गरिरहेको छ । फिल्मलाई दर्शकहरूले भरपूर माया दिइरहेका छन् । फिल्मले क्रिटिक्स र दर्शकहरूबाट राम्रो समीक्षा पनि पाइरहेको छ ।

आर्टिकल ३७० ले पहिलो दिन नै बक्स अफिसमा कब्जा जमाएको थियो । आपनिङ डेमा ५ करोढ ९० लाख भारु कमाएको फिल्मले दोस्रो, तेस्रो र चौथो दिन क्रमशः ७ करोड ४० लाख, ९ करोड ६० लाख र ३ करोड २५ लाख भारु कमायो । फिल्मले मंगलबार पाँचौ दिनमा ३ करोड २५ लाखको व्यापार गरेको छ । फिल्मले पाँच दिनमा भारतभरमा करिब २९ करोड ४० लाख भारु कलेक्शन गरेको छ ।

बक्स अफिसमा आर्टिकल ३७० सँग विद्युत् जामवालको क्र्याकको भिडन्त भइरहेको छ । क्र््याकले पहिलो दिनमा ४ करोड २५ लाख भारुको कारोबार गरेको थियो । मंगलबारको कमाई १ करोड आसपास थियो । योसँगै फिल्मको कूल कमाई १० करोड ७० लाख भारु भएको छ ।

‘आर्टिकल ३७०’ मा यामी गौतम बाहेक अलावा प्रियामणि र अरुण गोविललगायत कलाकारले पनि शीर्ष भूमिका निर्वाह गरेका छन् । चलचित्रलाई आदित्य सुहास जंभालेले निर्देशन गरेका हुन् । फिल्मका निर्माता गौतमका पति आदित्य धर हुन् । विद्युत जामवालको स्पोट्र्स एक्शन फिल्म क्र्याकलाई आदित्य दत्तले निर्देशन गरेका छन् ।

यसमा अर्जुन रामपाल, नोरा फतेही र एमी ज्याक्सनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । फिल्मा खलपात्रको रुपमा अर्जुन रामपालको भूमिकाको निकै चर्चा भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप