बक्स अफिसमा यामीको ‘आर्टिकल ३७०’ को दबदबा
नयाँ दिल्ली । बलिउड अभिनेत्री यामी गौतमको फिल्म ‘आर्टिकल ३७०’ ले शानदार व्यापार गरिरहेको छ । फिल्मलाई दर्शकहरूले भरपूर माया दिइरहेका छन् । फिल्मले क्रिटिक्स र दर्शकहरूबाट राम्रो समीक्षा पनि पाइरहेको छ ।
आर्टिकल ३७० ले पहिलो दिन नै बक्स अफिसमा कब्जा जमाएको थियो । आपनिङ डेमा ५ करोढ ९० लाख भारु कमाएको फिल्मले दोस्रो, तेस्रो र चौथो दिन क्रमशः ७ करोड ४० लाख, ९ करोड ६० लाख र ३ करोड २५ लाख भारु कमायो । फिल्मले मंगलबार पाँचौ दिनमा ३ करोड २५ लाखको व्यापार गरेको छ । फिल्मले पाँच दिनमा भारतभरमा करिब २९ करोड ४० लाख भारु कलेक्शन गरेको छ ।
बक्स अफिसमा आर्टिकल ३७० सँग विद्युत् जामवालको क्र्याकको भिडन्त भइरहेको छ । क्र््याकले पहिलो दिनमा ४ करोड २५ लाख भारुको कारोबार गरेको थियो । मंगलबारको कमाई १ करोड आसपास थियो । योसँगै फिल्मको कूल कमाई १० करोड ७० लाख भारु भएको छ ।
‘आर्टिकल ३७०’ मा यामी गौतम बाहेक अलावा प्रियामणि र अरुण गोविललगायत कलाकारले पनि शीर्ष भूमिका निर्वाह गरेका छन् । चलचित्रलाई आदित्य सुहास जंभालेले निर्देशन गरेका हुन् । फिल्मका निर्माता गौतमका पति आदित्य धर हुन् । विद्युत जामवालको स्पोट्र्स एक्शन फिल्म क्र्याकलाई आदित्य दत्तले निर्देशन गरेका छन् ।
यसमा अर्जुन रामपाल, नोरा फतेही र एमी ज्याक्सनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । फिल्मा खलपात्रको रुपमा अर्जुन रामपालको भूमिकाको निकै चर्चा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यावसायी र शिक्षा मन्त्रीबिच छलफल सकियो
-
गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा
-
कांग्रेसले घोषणा गर्यो ‘एनसी फर एनसी’ अभियान
-
प्रधानमन्त्रीलाई कालो चस्मा र वस्त्र लगाउन छुट छ, काला कर्तुत गर्न छुट छैन : गगन थापा
-
नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण