दोषी बैंक हुन्, अर्को आन्दोलनको तयारी छ
बैंक तथा वित्तीय संस्थामाथि यतिबेला चौतर्फी आन्दोलन चलिरहेको छ । बैंकहरूमाथि आक्रमणको मुख्य कारण त बैंक तथा वित्तीय संस्था नै हुन् । कोरोनाकालमा लकडाउनका बेला पैसा खाएर भाग्लान् भने झैँ बैंकहरूले व्यवसायीलाई तनाव दिए । लकडाउन अघिसम्म ऋणको प्रक्रिया ‘सिस्टम’बाट चलेको थियो । बैंकहरूले नै लकडाउनका बेला ऋणीको नाम सार्वजनिक गरिदिने काम गरे, अनावश्यक ‘टर्चर’ दिए । बैंकले ऋण नतिरेको भन्दै ३५ दिने सूचना जारी गर्दै समाजमा व्यवसायीको इज्जत प्रतिष्ठा उडाइदिए । यसपछि, व्यवसायीबाट बैंक विरुद्ध आवाज उठ्न थालेको हो ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले नै नेतृत्व गरेर बैंक तथा वित्तीय संस्थाको ज्यादत्ति विरुद्ध आन्दोलन गरेको हो । अनि आन्दोलनले ठुलो रूप लियो । पछि अरूले पनि आन्दोलनको गर्न थाले र नेतृत्वको दाबी गरे । तर, बैंकहरूले लकडाउनमा दिएको मानसिक यातनाविरुद्धको आन्दोलनको मुख्य नेतृत्वकर्ता महासंघ नै हो । यसैको फलस्वरुपः देशव्यापीरुपमा बैंकका कर्मचारी र बैंकविरुद्ध आन्दोलन भइरहेको छ ।
फेरि आन्दोलनको तयारीमा व्यवसायी लागेका छन् । बैंकहरूको सेवा सुविधा कटौती गर्नुपर्छ भनेर आन्दोलनको तयारी भइरहेको छ । प्रमुख कार्यकारी अधिकृतले खाने तलब पनि घटाउनुपर्छ । बैंकका सञ्चालक समितिले खाने भत्ता पनि घटाउनुपर्छ । जसले पैसा राख्छ, उसले उल्टै बैंकलाई पैसा तिर्नुपर्छ भनेर हामीले आवाज उठाउनुपर्छ । अब फेरि एक पटक बैंकका विरुद्ध सर्वसाधारण उत्रन्छन् । यसका लागि हामीले एक चरण छलफल गरिसकेका छौँ । हामी राजनीतिक दल नभएकाले देशभरबाट यो आन्दोलन माथि आउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण