दोषी बैंक हुन्, अर्को आन्दोलनको तयारी छ

बैंक तथा वित्तीय संस्थामाथि यतिबेला चौतर्फी आन्दोलन चलिरहेको छ । बैंकहरूमाथि आक्रमणको मुख्य कारण त बैंक तथा वित्तीय संस्था नै हुन् । कोरोनाकालमा लकडाउनका बेला पैसा खाएर भाग्लान् भने झैँ बैंकहरूले व्यवसायीलाई तनाव दिए । लकडाउन अघिसम्म ऋणको प्रक्रिया ‘सिस्टम’बाट चलेको थियो । बैंकहरूले नै लकडाउनका बेला ऋणीको नाम सार्वजनिक गरिदिने काम गरे, अनावश्यक ‘टर्चर’ दिए । बैंकले ऋण नतिरेको भन्दै ३५ दिने सूचना जारी गर्दै समाजमा व्यवसायीको इज्जत प्रतिष्ठा उडाइदिए । यसपछि, व्यवसायीबाट बैंक विरुद्ध आवाज उठ्न थालेको हो ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले नै नेतृत्व गरेर बैंक तथा वित्तीय संस्थाको ज्यादत्ति विरुद्ध आन्दोलन गरेको हो । अनि आन्दोलनले ठुलो रूप लियो । पछि अरूले पनि आन्दोलनको गर्न थाले र नेतृत्वको दाबी गरे । तर, बैंकहरूले लकडाउनमा दिएको मानसिक यातनाविरुद्धको आन्दोलनको मुख्य नेतृत्वकर्ता महासंघ नै हो । यसैको फलस्वरुपः देशव्यापीरुपमा बैंकका कर्मचारी र बैंकविरुद्ध आन्दोलन भइरहेको छ ।
फेरि आन्दोलनको तयारीमा व्यवसायी लागेका छन् । बैंकहरूको सेवा सुविधा कटौती गर्नुपर्छ भनेर आन्दोलनको तयारी भइरहेको छ । प्रमुख कार्यकारी अधिकृतले खाने तलब पनि घटाउनुपर्छ । बैंकका सञ्चालक समितिले खाने भत्ता पनि घटाउनुपर्छ । जसले पैसा राख्छ, उसले उल्टै बैंकलाई पैसा तिर्नुपर्छ भनेर हामीले आवाज उठाउनुपर्छ । अब फेरि एक पटक बैंकका विरुद्ध सर्वसाधारण उत्रन्छन् । यसका लागि हामीले एक चरण छलफल गरिसकेका छौँ । हामी राजनीतिक दल नभएकाले देशभरबाट यो आन्दोलन माथि आउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेखरको नजरमा यस्तो छ गभर्नर नियुक्तिमा चलखेल हुनुको कारण
-
धरहराबाट तीन करोड ७३ लाख सङ्कलन
-
सरकारका कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : सभापति देउवा
-
‘मदन भण्डारीको योगदानको समीक्षा र कम्युनिस्ट एकता अपरिहार्य’
-
लक्ष्मी उप्रेतीले श्रीमान्सँग छुट्टिएर तीन सन्तान हुर्काइन्, ४० कृति जन्माइन्
-
पार्टी निर्माणकै चरणमा छौँ, देशभर विस्तार हुन सकेको छैन : वरिष्ठ उपाध्यक्ष पाण्डे