राष्ट्र बैंकका गभर्नर र पदाधिकारीलाई बर्खास्त गर्न माग
काठमाडौँ । लघुवित्त पीडितहरूको आन्दोलनप्रति विभिन्न संघसंगठनको ध्यानाकर्षण भएको जनाएका छन् । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्वासी संघले संयुक्तरुपमा प्रेस विज्ञप्ति निकालेर ध्यानाकर्षण गराएका हुन् ।
लघुवित्तहरूले लगाउने ब्याजदर १ अंकमा झार्न, लघुवित्तहरूले चक्रीय ब्याज र हर्जानाको नाममा मासिक ३६५ भन्दा बढी ब्याज लगाउने कार्य अविलम्ब गर्न, लघुवित्तबाट लिएको ऋणको कोरोनाकालदेखि हालसम्मको सम्पूर्ण ब्याज र हर्जाना मिनाहा गर्न लगायत प्रेस विज्ञप्ति मार्फत ८ बुँदे माग समेत गरेका छन् ।
यस्तै, लघुवित्त पीडितहरूका मागहरू यथाशीघ्र सम्बोधन गर्न, गिरफ्तार गरिएका लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालका सम्पूर्ण अभियन्ताहरूलाई बिना शर्त अविलम्ब रिहाइ गर्न, नयाँ उच्चस्तरीय वार्ता समिति गठन गर्न, नेपाल राष्ट्र बैंकका गभर्नर र अन्य पदाधिकारीलाई अविलम्ब बर्खास्त लगायत नेपाल सरकारसमक्ष माग समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण