दुग्ध उत्पादक किसानद्वारा रौतहटमा चक्काजामसँगै विरोध प्रदर्शन
रौतहट । दुग्ध उत्पादक किसानहरूले रौतहटको चन्द्रनिगाहपुरमा चक्काजाम गरी विरोध प्रदर्शन गरिरहेका छन् । लामो समयदेखि दुध बेचेको पैसा नपाएपछि यहाँका दूध उत्पादक किसानहरूले बिहीबार बिहान १० बजेदेखि पूर्व-पश्चिम राजमार्गमा बन्द गरेर विरोध प्रदर्शन गरेका छन्।
पहिलो दिन दुई घण्टाको लागि बन्द गरेको भन्दै अहिले १२ बजे राजमार्ग खुलेको प्रहरीले जनाएको छ। नेपाल सरकारको स्वामित्वमा रहेको डीडीसीले दूध उत्पादक किसानको करिब ७ करोड रुपैयाँ तिर्न बाँकी रहेको कारण बाध्य भएर विरोध स्वरूप चक्काजाम गरिएको दुग्ध उत्पादक किसान संघका जिल्ला अध्यक्ष कृष्ण प्रसाद अधिकारीले बताए ।
भदौको दोस्रो साता यता फागुन १५ गते सम्मको देशभरका किसानहरूको करिब ७ अर्ब डीडीसी माथि बक्यौता रहेको अध्यक्ष अधिकारीले जानकारी दिएका छन्। अधिकारीका अनुसार सम्बन्धित निकायको ध्यानाकर्षण गराउन किसानहरूले आज १७ गते पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध गर्ने ७७ वटै जिल्लामा कार्यक्रम रहेको बताए ।
पछिल्लो समय निजी तथा सरकारी स्वामित्वका डेरीहरूले किसानको बक्यौता रकम पनि नदिने र किसानले उत्पादन गरेको दुध समेत खरिद नगर्दा किसानहरू दुध फाल्न बाध्य भएको संघको गुनासो रहेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी गौरव महतले किसानहरूको प्रदर्शन शान्तिपूर्ण रहेको तथा उनीहरूले भने अनुसार दुई घण्टा चक्काजाम नभएको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण