यी हुन् नेपालबाट निर्यात हुने प्रमुख १० वस्तु
काठमाडौँ । चालू आर्थिक वर्षमा नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा फलामे पाता परेको छ । अर्थ मन्त्रालयका अनुसार पुस महिनासम्ममा ६ अर्ब १३ करोड रुपैयाँको फलामे पाता निर्यात भएको छ । गत आर्थिक वर्षको महिनामा नेपालबाट २ अर्ब ७७ करोड रुपैयाँको फलामे पाता निर्यात भएको थियो । यो गत वर्षको तुलनामा आएको १२० प्रतिशतको वृद्धि हो ।
यसपछि, यस अवधिमा ५ अर्ब ७० करोड रुपैयाँको सेन्थेटिक यार्न निकासी भएको छ । गत वर्षको यही अवधिमा यो वस्तुको निर्यात मूल्य ५ अर्ब ९४ करोड रुपैयाँ थियो । यो ४.१ प्रतिशतको गिरावट हो । यसबाहेक, उनी गलैँचा कार्पेटको निर्यात ५ अर्ब २३ करोडको भएको छ । यो गत वर्षको तुलनामा ४.३ प्रतिशतको गिरावट हो । गत वर्ष ५ अर्ब ४६ करोडको उनी गलैँचा कार्पेटको निर्यात भएको थियो ।
यस्तै, यस अवधिमा ४ अर्ब ६७ करोडको तयारी कपडाको निर्यात भएको छ भने अलैँची ३ अर्ब ९० करोडको, फलफूलको जुस ३ अर्ब ८० करोडको, प्लाइउड ३ अर्ब ५३ करोडको र प्रशोधित पाम तेल २ अर्ब ९० करोडको निर्यात भएको छ । जमौठ कपडा २ अर्ब ४७ करोडको निर्यात हुँदा जुटका बुनिएका कपडाको निर्यात मूल्य २ अर्ब ४४ करोड छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण