शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बाइस वर्षपछि संजयले ल्याए ‘तिमि जस्तै’

बिहीबार, १७ फागुन २०८०

काठमाडौँ । ‘धेरै भो’, ‘रुमाल लुकाई लुकाई खेल्दा’, ‘हुँदैन कसैको मुटु ढुङ्गाको’ लगायतका गीत मार्फत गायनमा स्थापित पृथक स्वरका धनी चर्चित गायक संजय किशोर श्रेष्ठले झन्डै दुई दशकपछि नयाँ गीत ‘तिमी जस्तै’ सार्वजनिक गरेका छन् । जमलस्थित विश्वज्योति चलचित्र भवनमा एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको छ । 

कार्यक्रममा उनले गायनमा पुनः आगमन गर्दा पाएको साथले हौसला मिलेको बताए । ‘पुनः गायनमा सक्रियता बढाउने जमर्को गरेको छु । जेम्स दाइका कारण यो सम्भव भएको हो । आस छ, पहिला झैँ माया पाउने छु’, गायक श्रेष्ठले भने, ‘समय अनुसार आफूलाई परिमार्जित गर्ने कोसिस गरेको छु ।’

सार्वजनिक गीतमा जेम्स प्रधानको शब्द र सङ्गीत रहेको छ भने गीतको भिडियो पनि जेम्सले नै निर्देशन गरेका हुन् । भिडियोमा गायक श्रेष्ठ नै देखिएका छन् । उनी नेपाल आएपछि गायक तथा सङ्गीतकार जेम्स प्रधानसँग भेट भएपछि साङ्गीतिक सहकार्य जुटेको हो ।

‘मैले गीतलाई तयार गरेर राखेको थिएँ । एक दिन गायक श्रेष्ठ आएर सुने । यही गीतमार्फत पुनः गायनमा सक्रियता दिन्छु भनेपछि हामीले सहकार्य गरेका हौँ’, सङ्गीतकार प्रधानले भने,‘यो गीतको श्रव्य दृश्य पनि मैले नै तयार गरेको छु । हामीले धेरै सोचेर गीतको मर्मअनुसार दृश्याङ्कन गरेका हौँ ।’

कार्यक्रममा गायक शशी गुरुङ, भीम तुलाधर, बबिन प्रधान, कविन्द्र श्रेष्ठ लगायतको उपस्थिति थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया