इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै इरानलाई नयाँ चेतावनी दिएका छन्। उनले आफ्नो पोस्टमा भनेका छन्, ‘अबदेखि यदि इरानले स्ट्रेट अफ होर्मुजमा कुनै पनि जहाजमा मिसाइल, रकेट, ड्रोन वा अन्य कुनै हतियारबाट आक्रमण गरेमा अमेरिकाले इरानको राजधानीमा वा त्यसको आसपास रहेका कुनै एक पुल वा पावर प्लान्टमा बमबारी गरी नष्ट गरिदिनेछ।’
स्ट्रेट अफ होर्मुज र त्यसको आसपासको समुद्री क्षेत्रमा व्यावसायिक तथा सैन्य जहाजहरूमाथि भइरहेका हमला इरान र अमेरिकाबिचको टकरावको प्रमुख कारण बनिरहेका बेला ट्रम्पको यो धम्की आएको हो। अमेरिकी अधिकारीहरूका अनुसार इरानमाथि हालै गरिएका हमलाहरूको उद्देश्य इरानको त्यो सैन्य क्षमतालाई कमजोर बनाउनु हो, जसका माध्यमबाट उसले समुद्री जहाजहरूका लागि खतरा पैदा गर्न सक्छ। साथै यस जलमार्गमा भविष्यमा हुने आक्रमणहरू रोक्नु पनि यसको उद्देश्य रहेको बताइएको छ।
उता, पछिल्ला हप्ताहरूमा इरानले स्ट्रेट अफ होर्मुजमा आफ्नो अधिकार रहेको कुरा पटक(पटक दोहोर्याउँदै आएको छ। साथै, इरानी बलमाथि यस क्षेत्रमा धेरै जहाजहरूमाथि आक्रमण गरेको वा तिनलाई रोकेको आरोप पनि लागेको छ।
यसको जवाफमा इरानले युद्धको दायरा बढाउनका लागि अमेरिकालाई जिम्मेवार ठहराएको छ। इरानले आफ्ना आधारभूत संरचनामाथि कुनै पनि आक्रमण भएमा त्यसको अझ कडा जवाफ दिने चेतावनी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्नका लागि बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण