आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

‘भर्जिन जवानी’ मा उषाको बोल्ड अवतार

शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । उषा उप्रेतीको अभिनय रहेको डान्सिङ नम्बर ‘भर्जिन जवानी’ सार्वजनिक गरिएको छ । गीतमा मोडल उषा उप्रेतीलाई म्युजिक भिडियोमा अहिलेसम्मकै बोल्ड अवतारमा प्रस्तुत गरिएको छ ।

शुक्र तामाङको निर्माण रहेको म्युजिक भिडियोलाई सुरेश पाण्डेयले निर्देशन गरेका हुन् । गीतको भिडियोमा कोरियोग्राफी पनि स्वयम् निर्देशक पाण्डेकै रहेको छ । राजु कोइरालाको शब्द रहेको गीतमा दुर्गा दाहाल साउदको संगीत तथा स्वर  छ ।

गीतमा लक्षु प्रकाश मल्लको एरेञ्ज र दीप श्रेष्ठको मास्टरिङ तथा मिक्सिङ छ । भिडियोमा सौरभ लामाको छायाङ्कन, सौखिन तिमल्सिनाको सम्पादन, कमल परियारको कोरियोग्राफी एसिस्ट छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया