मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
बुधबार, ०६ साउन २०८३, १२ : ०८
सारांश
- अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चीनका विदेशमन्त्री वाङ यीबीच बुधबार मनिलामा भेटवार्ता हुनेछ ।
- दुई शीर्ष कूटनीतिज्ञहरू आसियान सम्बन्धी बैठकको अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङको आगामी अमेरिका भ्रमणबारे छलफल गर्नेछन् ।
- गत मे महिनामा भएको शिखर भेटमा द्विपक्षीय सम्बन्ध स्थिर बनाउने सहमति भएको थियो ।
मनिला । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चीनका विदेशमन्त्री वाङ यीबिच बुधबार फिलिपिन्सको राजधानी मनिलामा भेटवार्ता हुने भएको छ ।
अमेरिकी अधिकारीका अनुसार रुबियो र वाङबिच दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) सम्बन्धी बैठकको अवसरमा आमनेसामने छलफल हुनेछ । दुवै नेताबिचको वार्तामा चिनियाँ राष्ट्रपति सी चिनफिङको आगामी अमेरिका भ्रमणको तयारीबारे मुख्य रूपमा छलफल हुने अपेक्षा गरिएको छ ।
गत मे महिनाको मध्यतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच बेइजिङमा भएको शिखर भेटका क्रममा दुई देशबिचको प्रतिस्पर्धा र तनावका बाबजुद द्विपक्षीय सम्बन्धलाई स्थिर बनाउने सहमति भएको थियो ।
त्यस अवसरमा ट्रम्प र सीले आगामी सेप्टेम्बर २४ मा ह्वाइट हाउसमा पुनः भेट्ने सहमति गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण