सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

९ बलमा १० रन बनाउँदै आउट भए कप्तान रोहित पौडेल

शुक्रबार, १८ फागुन २०८०, ११ : ५४
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको हो । 

तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनी नौ बलमा दुई चौकाको मद्दतले १० रन बनाउँदै पेभेलियन फर्किए । उनलाई नामिबियाका बलर ज्याक ब्रासेलले कप्तान जोहोनेश जोनाथन स्मितद्वारा क्याच गराएका हुन् । ३.४ ओभरमा रोहित आउट हुँदा नेपालले ३० रन बनाएको थियो । 

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियाले टस जिती नेपाललाई पहिलो ब्याटिङको निम्ता दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप