९ बलमा १० रन बनाउँदै आउट भए कप्तान रोहित पौडेल
शुक्रबार, १८ फागुन २०८०, ११ : ५४
काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको हो ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनी नौ बलमा दुई चौकाको मद्दतले १० रन बनाउँदै पेभेलियन फर्किए । उनलाई नामिबियाका बलर ज्याक ब्रासेलले कप्तान जोहोनेश जोनाथन स्मितद्वारा क्याच गराएका हुन् । ३.४ ओभरमा रोहित आउट हुँदा नेपालले ३० रन बनाएको थियो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियाले टस जिती नेपाललाई पहिलो ब्याटिङको निम्ता दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण