सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

३१ रन बनाउँदै पेभेलियन फर्किए आरिफ शेख

शुक्रबार, १८ फागुन २०८०, १२ : ५४
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले पाँचौँ विकेट गुमाएको छ । नेपालले पाँचौँ विकेटका रुपमा आरिफ शेखलाई गुमाएको हो । 

पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ शेख ३१ रन बनाउँदै आउट भए । उनले २४ बलको सामना गरी चार चौका पनि हिर्काए । उनलाई नामिबियाका बलर ज्याक ब्रासेलले जन फ्राइलिंकद्वारा क्याच गराएका हुन् । १६.३ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ४९ रन बनाएको छ ।

 कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियाले टस जिती नेपाललाई पहिलो ब्याटिङको निम्ता दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप