चितवनमा देउवा र नेपालसँग ओलीले मिलाएनन् हात
शुक्रबार, १८ फागुन २०८०, १७ : ३१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भरतपुर भ्रमण वर्ष उद्घाटन समारोहमा सहभागी हुन चितवनको भरतपुर पुगेका छन् ।
केहीबेर अघिमात्र ओली भरतपुर पुग्दा कार्यक्रम सुरु भैसकेका थियो । नारायणी नदी किनारमा जारी कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका ओली पुग्दा कार्यक्रम जारी थियो । ओली सरासर मञ्चमा पुगे ।
अध्यक्ष ओलीले मञ्चमा रहेका माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सुरुमै हात मिलाए तर सँगै रहेका पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा र माधवकुमार नेपालसँग ओलीले हात मिलाएनन् ।
बरु मञ्चको अर्को छेउमा रहेका एकीकृत समाजवादीकै सम्मानित नेता झलनाथ खनालसँग भने ओलीले हात लम्काएर मिलाएका थिए । चितवनमा देखिएको यो दृश्यले पनि अहिले राजनीतिमा चलेको चर्चालाई थप मलजल गर्ने त होइन भन्ने बहस सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण