बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा देउवा र नेपालसँग ओलीले मिलाएनन् हात

शुक्रबार, १८ फागुन २०८०, १७ : ३१
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भरतपुर भ्रमण वर्ष उद्घाटन समारोहमा सहभागी हुन चितवनको भरतपुर पुगेका छन् ।

केहीबेर अघिमात्र ओली भरतपुर पुग्दा कार्यक्रम सुरु भैसकेका थियो । नारायणी नदी किनारमा जारी कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका ओली पुग्दा कार्यक्रम जारी थियो । ओली सरासर मञ्चमा पुगे ।

अध्यक्ष ओलीले मञ्चमा रहेका माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सुरुमै हात मिलाए तर सँगै रहेका पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा र माधवकुमार नेपालसँग ओलीले हात मिलाएनन् ।

बरु मञ्चको अर्को छेउमा रहेका एकीकृत समाजवादीकै सम्मानित नेता झलनाथ खनालसँग भने ओलीले हात लम्काएर मिलाएका थिए । चितवनमा देखिएको यो दृश्यले पनि अहिले राजनीतिमा चलेको चर्चालाई थप मलजल गर्ने त होइन भन्ने बहस सुरु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप