महत्त्वपूर्ण खेलमा नेदरल्याण्डविरुद्ध फिल्डिङ गर्दै नेपाल, जित्नैपर्ने दबाब
काठमाडौँ । कीर्तिपुर क्रिकेट मैदानमा जारी ट्राइनेशन टी–२० सिरिजको महत्त्वपूर्ण खेलमा नेपालले नेदरल्याण्डविरुद्ध फिल्डिङ गर्ने भएको छ । यसअघिका ३ खेलमध्ये २ मा हार र १ मा जित निकालेको नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको हो ।
सिरिजमा नेपालले यसअघि नामिबिया र नेदरल्याण्डसँग समान १–१ हार बेहोरेको छ । यसबाहेक, हिजै सम्पन्न खेलमा भने नामिबियाविरुद्ध ३ रनको रोमाञ्चक जित निकालेर २ अंक बटुल्दै प्रतियोगिताको दोस्रो स्थानमा छ । सिरिजको २ खेलमा शतप्रतिशत जित निकाल्दै ४ अंक बटुलेको नेदरल्याण्ड्सविरुद्ध जित निकालेमा नेपालको फाइनल यात्राको सम्भावना बलियो बन्नेछ ।
आजको खेलमा नेपालले हार बेहोरेको खण्डमा भने फाइनल पुग्न नेदरल्याण्ड्स र नामिबियाबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ । खेल साढे ११ देखि कीर्तिपुर मैदानमा सुरु हुनेछ । नेपालमा आइसिसी लिग–२ खेल्न आएका नामिबिया र नेदरल्याण्ड्सले यही वर्ष अमेरिका र क्यानडामा हुने विश्वकप प्रतियोगिताको तयारीस्वरुप सिरिज खेलिरहेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण