सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
टी-२० अन्तर्राष्ट्रिय श्रृंखला

महत्त्वपूर्ण खेलमा नेदरल्याण्डविरुद्ध फिल्डिङ गर्दै नेपाल, जित्नैपर्ने दबाब

शनिबार, १९ फागुन २०८०, ११ : १३
शनिबार, १९ फागुन २०८०

काठमाडौँ । कीर्तिपुर क्रिकेट मैदानमा जारी ट्राइनेशन टी–२० सिरिजको महत्त्वपूर्ण खेलमा नेपालले नेदरल्याण्डविरुद्ध फिल्डिङ गर्ने भएको छ । यसअघिका ३ खेलमध्ये २ मा हार र १ मा जित निकालेको नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको हो ।

सिरिजमा नेपालले यसअघि नामिबिया र नेदरल्याण्डसँग समान १–१ हार बेहोरेको छ । यसबाहेक, हिजै सम्पन्न खेलमा भने नामिबियाविरुद्ध ३ रनको रोमाञ्चक जित निकालेर २ अंक बटुल्दै प्रतियोगिताको दोस्रो स्थानमा छ । सिरिजको २ खेलमा शतप्रतिशत जित निकाल्दै ४ अंक बटुलेको नेदरल्याण्ड्सविरुद्ध जित निकालेमा नेपालको फाइनल यात्राको सम्भावना बलियो बन्नेछ ।

आजको खेलमा नेपालले हार बेहोरेको खण्डमा भने फाइनल पुग्न नेदरल्याण्ड्स र नामिबियाबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ । खेल साढे ११ देखि कीर्तिपुर मैदानमा सुरु हुनेछ । नेपालमा आइसिसी लिग–२ खेल्न आएका नामिबिया र नेदरल्याण्ड्सले यही वर्ष अमेरिका र क्यानडामा हुने विश्वकप प्रतियोगिताको तयारीस्वरुप सिरिज खेलिरहेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप