हावाहुरी र लम्पी स्किनबाट प्रभावित किसानलाई गाउँपालिकाको राहत
ढोरपाटन । बागलुङको तमानखोला गाउँपालिकाले विभिन्न प्रकोपबाट प्रभावित बनेका किसानलाई राहत दिन थालेको छ । गाउँपालिकाले लम्पी स्किन र हावाहुरीबाट प्रभावित किसानलाई राहत दिन थालेको हो । गत असारमा फैलिएको लम्पी स्किन रोगबाट करिब तीन पशुचौपाया मरेका थिए भने भदौ १८ गतेको हावाहुरीले सात सय रोपनी क्षेत्रफलमा लगाइएको मकै बाली नष्ट भएको थियो ।
गाउँपालिकाले लम्पी स्किन सङ्क्रमणबाट मरेकाप्रति पशुको रु दुई हजार पाँच सय र हावाहुरीबाट क्षति व्यहोरेका प्रतिकिसानलाई एक÷एक मुरी मकै उपलब्ध गराउन थालेको छ ।
गाउँपालिकाका पशु शाखा प्रमुख यामकुमारी घर्तीले पालिका भर दुई सय ९५ पशुचौपाय लम्पी स्किन सङ्क्रमणबाट मरेको हुँदा तथ्याङ्क सङ्कलन गरेर राहत वितरण भइरहेको बताइन् । पहिलो चरणमा दुई सय ५६ किसानलाई रु छ लाख ४० हजार उपलब्ध गराइसकिको जनाउँदै बाँकी ३९ जनालाई वितरण गर्ने प्रक्रियामा रहेको घर्तीले बताइन् ।
लम्पी स्किन सङ्क्रमणबाट सबैभन्दा बढी गोरु मरेको जनाउँदै गाई र भैँसीमा पनि यो समस्या देखिएपछि गाउँपालिकाले समयमै सङ्क्रमण नियन्त्रणमा लिन सफल भएको उनले बताइन् । सङ्क्रमणबाट पुश गुमाएका किसानलाई गाउँपालिकाले कूल रु सात लाख ३७ हजार पाँच सय उपलब्ध गराएको प्रमुख घर्तीले जानकारी दिइन् ।
उनले भनिन्, “लम्पी स्किन सुरुमा खासै फैलिएको थिएन, पछि–पछि फैलिँदै गयो, गाउँपालिकाले तत्कालै त्यसविरुद्ध खोप लिएर बुकीसम्म पुगेर लगाएको थियो, खोप लगाएपछि सङ्क्रमण नियन्त्रणमा आयो, ठूलो क्षति हुन पाएन, पशुचौपाया मरे पनि हामीहरु किसानको गोठमै गएर तथ्याङ्क सङ्कलन गर्यौँ र अहिले राहत दिएका छौँ, ३९ किसानलाई केही दिनमै दिने तयारीमा छौँ ।”
गाउँपालिकाका कृषि शाखा प्रमुख सन्देश पराजुलीले हावाहुरीबाट प्रभावित पाँच सय किसानलाई राहत दिने तयारीमा रहेको बताए । प्रतिपीडितलाई गाउँपालिकाले एक÷एक मुरी मकै वितरण गर्ने उनको भनाइ छ । गाउँपालिकाले स्थानीय जातको मकै वितरण गर्ने पराजुलीले बताइन् । उनका अनुसार पाँच सय किसानलाई पाँच सय मुरी मकै वितरण गरिने छ ।
गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले किसानको समस्यालाई थोरै भए पनि समाधान गर्नका लागि राहत दिन थालिएको बताए। पालिकाले कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर काम गर्दै आएको उनको भनाइ छ । किसानलाई समय–समयमा समस्या पर्ने हुँदा बाली बीमा, पशु बीमालगायत कार्यक्रम सञ्चालन गर्न थालेको अध्यक्ष बुढा मगरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण