राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा हुँदैन : शशांक कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा नहुने बताएका छन् । शनिवार नेपाल शिक्षक संघ, जिल्ला समिति ललितपुरको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले राजनीतिमा एउटा सुनिने तर अर्कै हुने गरेको बताए । कहिल्यै पनि आफ्नो नियन्त्रणमा नआउने कुरा भनेको राजनीति रहेको उनको तर्क थियो । उनले राजनीतिको उत्तारचढावमा रमाउन सक्नेले मात्रै राजनीति गर्नसक्ने बताए ।
‘मेडिकल गर्दा एभ्रिथिङ इज अण्डर योर कन्ट्रोल । हात छ, सीप छ दिमाग छ । अप्रेशन गर्नुहुन्छ, हातमा कन्ट्रोल छ । आँखाको अप्रेशन गर्नुहुन्छ, ७० वटा जति आइक्याम्प गरेँ, लाखौँको अप्रेशन गरेँ रिजल्ट राम्रै भयो । तर राजनीति कस्तो हो भने एउटा कुरा सुनिन्छ, हुन्छ अर्कै कुरा । कहिल्यै पनि आफ्ने नियन्त्रणमा हुँदैन । तर त्यसमै रमाउन सक्नेले मात्रै राजनीति गर्नुपर्छ ।’
नेता कोइरालाले आफूले उत्पादन गरेका डाक्टरहरु अहिले पैसा पाएपछि मात्रै अप्रेशन गर्ने गरेको भन्दै विवेक नभएका डाक्टर उत्पादन गरेकोमा उनले पश्चताप गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण