सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा हुँदैन : शशांक कोइराला

शनिबार, १९ फागुन २०८०, १५ : ५७
शनिबार, १९ फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा नहुने बताएका छन् ।  शनिवार नेपाल शिक्षक संघ, जिल्ला समिति ललितपुरको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले राजनीतिमा एउटा सुनिने तर अर्कै हुने गरेको बताए । कहिल्यै पनि आफ्नो नियन्त्रणमा नआउने कुरा भनेको राजनीति रहेको उनको तर्क थियो । उनले राजनीतिको उत्तारचढावमा रमाउन सक्नेले मात्रै राजनीति गर्नसक्ने बताए ।

‘मेडिकल गर्दा एभ्रिथिङ इज अण्डर योर कन्ट्रोल । हात छ, सीप छ दिमाग छ । अप्रेशन गर्नुहुन्छ, हातमा कन्ट्रोल छ । आँखाको अप्रेशन गर्नुहुन्छ, ७० वटा जति आइक्याम्प गरेँ, लाखौँको अप्रेशन गरेँ रिजल्ट राम्रै भयो । तर राजनीति कस्तो हो भने एउटा कुरा सुनिन्छ, हुन्छ अर्कै कुरा । कहिल्यै पनि आफ्ने नियन्त्रणमा हुँदैन । तर त्यसमै रमाउन सक्नेले मात्रै राजनीति गर्नुपर्छ ।’

नेता कोइरालाले आफूले उत्पादन गरेका डाक्टरहरु अहिले पैसा पाएपछि मात्रै अप्रेशन गर्ने गरेको भन्दै विवेक नभएका डाक्टर उत्पादन गरेकोमा उनले पश्चताप गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप