भीपीएन प्रयोग गरेर किशोरीको चरित्रहत्या, काकाको उजुरीमा पक्राउ परे २२ वर्षीय युवक
काठमाडौँ । भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) को प्रयोग गरेर नाबालिग किशोरीको चरित्रहत्या गर्ने कार्यमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ६ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नम्बर २६ गोल्खुपाखा बस्ने वर्ष २२ का सुमन खत्री रहेका छन् ।
खत्रीले सामाजिक सञ्जाल फेसबुकमा नाबालिग किशोरीले पोस्ट गरेका फोटो डाउनलोड गरी विभिन्न फेक आईडी खोली ती आइडीबाट किशोरीको फोटो प्रयोग गरी अश्लील क्याप्सन लेख्नेका साथै आफन्तहरूलाई पठाउने गरेको पाइएको नेपाल प्रहरीको साइबर ब्युरोका प्रहरी उपरीक्षकका दीपक राज अवस्थीले जानकारी दिए ।
अश्लील तस्बिर, भिडियो, फेसबुक म्यासेन्जरमा पठाई चरित्र हत्या गरी दुःख हैरानी दिएको भन्दै किशोरीको काकाको निवेदनका आधारमा अनुसन्धान गर्दा खत्रीको संलग्नता खुलेको अवस्थीको भनाइ छ ।
उनलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा ब्युरोबाट खटिई गएको टोलीले गोल्खुपाखाबाटै पक्राउ गरी ५ दिन म्याद लिएर थप अनुसन्धान भइरहेको बताइएको छ । उनले अर्काको चरित्र हत्या गर्नकै लागि भीपीएन प्रयोग गरेर साइबर अपराध गरेको खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण