शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकहरुमाथिको आक्रमणले बैंकिङ क्षेत्रको मनोबल कमजोर भयो : अध्यक्ष केसी

आइतबार, २० फागुन २०८०, १७ : ३९
आइतबार, २० फागुन २०८०

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरुमाथिको आक्रमणले बैंकिङ क्षेत्रको मनोबल कमजोर भएको बताएका छन् ।  

आइतबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै अध्यक्ष केसीले नेपालको बैंकिङ उद्योग दक्षिण एशियाका अन्य देशहरुको भन्दा सबल र बलियो रहेको दाबी गरे । 

पछिल्लो समय बैकिङ उद्योगलाई लक्षित राज्यपक्ष र बाहिर सडकबाट दिने दबाबले अप्ठ्यारो बनाएको अध्यक्ष केसीले बताए । उनले बैंकहरुले धेरै नाफा कमाए भन्ने आरोप लगाए पनि पछिल्लो समय लगानीको १० प्रतिशत मात्रै नाफा आर्जन गरेको बताए । उनले ७ सय १९ अर्बभन्दा बढी लगानी बैंकिङ क्षेत्रमा रहेको बताए । उनले बैंकहरु बढी पारदर्शी भएको कारणले पनि अप्ठ्यारो स्थिति भएको बताए । उनले बैंकहरु निक्षेपकर्ताको विश्वासमा चल्ने भएकाले सडकबाट बैंकको ऋण तिर्नुपर्दैन भन्ने अराजक गतिविधिले बैंकिङ उद्योगमा समस्या आउनसक्ने दाबी गरे ।

उनले भने,‘बैंकहरुको समग्र सूचकलाई हर्ने हो भने दक्षिण एशियामा अन्य देशको बैकिङ उद्योग भन्दा राम्रो काम गरिरहेका छौँ । समय–समयमा बैंकहरुलाई विभिन्न आरोप आइरहेको हुन्छ । बैंकहरुले धेरै पैसा कमाइरहेको भन्ने आरोप लागि रहेको हुन्छ । आज बैंकहरुले भन्दा राम्रो लाभास भाड्ने धेरै कम्पनीहरु आइरहेका छन् । ७ सय १९ अर्बको लगानी लगाएका छौँ । लगानीको १० प्रतिशत मात्रै आम्दानी भइरहेको छ । बैंकहरु पछिल्लो समय पारदर्शी भएको कारण अप्ठ्यारो स्थिति सिर्जना गर्दा आरोपहरु भइरहेको छ । पछिल्लो समय सडकबाट नै ऋण तिर्नुपर्दैन भन्ने कुरा आइरहँदा अप्ठ्यारो अवस्था भएको छ । ५ करोड २५ लाख भन्दा बढी फरक एकाउन्टहरु लिएर निक्षेपकर्ताको रकम जम्मा गर्ने हुँदा उहाँहरुमा समस्या पर्नसक्छ । निक्षेपकर्ताको विश्वासमा बैंकहरुले काम गरिरहेका छौँ ।’

अध्यक्ष केसीले नेपालको बैंकिङ क्षेत्रले मुलुकको अर्थतन्त्र चलायमान बनाउनको लागि ठूलो योगदान रहेको बताए । उनले विदेशी तथा स्थानीय बैंकहरु मिलेर अर्थतन्त्रमा योगदान गर्दा पनि मनोबललाई गिराउने काम भइरहेको भन्दै बैंकको ऋण मिनाहा हुन नसक्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप