बैंकहरुमाथिको आक्रमणले बैंकिङ क्षेत्रको मनोबल कमजोर भयो : अध्यक्ष केसी
काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरुमाथिको आक्रमणले बैंकिङ क्षेत्रको मनोबल कमजोर भएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै अध्यक्ष केसीले नेपालको बैंकिङ उद्योग दक्षिण एशियाका अन्य देशहरुको भन्दा सबल र बलियो रहेको दाबी गरे ।
पछिल्लो समय बैकिङ उद्योगलाई लक्षित राज्यपक्ष र बाहिर सडकबाट दिने दबाबले अप्ठ्यारो बनाएको अध्यक्ष केसीले बताए । उनले बैंकहरुले धेरै नाफा कमाए भन्ने आरोप लगाए पनि पछिल्लो समय लगानीको १० प्रतिशत मात्रै नाफा आर्जन गरेको बताए । उनले ७ सय १९ अर्बभन्दा बढी लगानी बैंकिङ क्षेत्रमा रहेको बताए । उनले बैंकहरु बढी पारदर्शी भएको कारणले पनि अप्ठ्यारो स्थिति भएको बताए । उनले बैंकहरु निक्षेपकर्ताको विश्वासमा चल्ने भएकाले सडकबाट बैंकको ऋण तिर्नुपर्दैन भन्ने अराजक गतिविधिले बैंकिङ उद्योगमा समस्या आउनसक्ने दाबी गरे ।
उनले भने,‘बैंकहरुको समग्र सूचकलाई हर्ने हो भने दक्षिण एशियामा अन्य देशको बैकिङ उद्योग भन्दा राम्रो काम गरिरहेका छौँ । समय–समयमा बैंकहरुलाई विभिन्न आरोप आइरहेको हुन्छ । बैंकहरुले धेरै पैसा कमाइरहेको भन्ने आरोप लागि रहेको हुन्छ । आज बैंकहरुले भन्दा राम्रो लाभास भाड्ने धेरै कम्पनीहरु आइरहेका छन् । ७ सय १९ अर्बको लगानी लगाएका छौँ । लगानीको १० प्रतिशत मात्रै आम्दानी भइरहेको छ । बैंकहरु पछिल्लो समय पारदर्शी भएको कारण अप्ठ्यारो स्थिति सिर्जना गर्दा आरोपहरु भइरहेको छ । पछिल्लो समय सडकबाट नै ऋण तिर्नुपर्दैन भन्ने कुरा आइरहँदा अप्ठ्यारो अवस्था भएको छ । ५ करोड २५ लाख भन्दा बढी फरक एकाउन्टहरु लिएर निक्षेपकर्ताको रकम जम्मा गर्ने हुँदा उहाँहरुमा समस्या पर्नसक्छ । निक्षेपकर्ताको विश्वासमा बैंकहरुले काम गरिरहेका छौँ ।’
अध्यक्ष केसीले नेपालको बैंकिङ क्षेत्रले मुलुकको अर्थतन्त्र चलायमान बनाउनको लागि ठूलो योगदान रहेको बताए । उनले विदेशी तथा स्थानीय बैंकहरु मिलेर अर्थतन्त्रमा योगदान गर्दा पनि मनोबललाई गिराउने काम भइरहेको भन्दै बैंकको ऋण मिनाहा हुन नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण