क्राइमियामा ३८ युक्रेनी ड्रोन खसालेको रुसको दाबी
मस्को । रुसले आइतवार क्राइमियामाथि आक्रमण गरेका ३८ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । एउटा भिडियो फुटेजमा क्राइमियामा तेल डिपो नजिकै विस्फोट भएको देखिएको छ।
रुसले यस पछिल्लो ड्रोन आक्रमणबाट कुनै क्षति नभएको बताएको छ । तर प्रत्यक्षदर्शीहरूले विस्फोटका कारण झ्यालहरू हल्लिएको र कारको अलार्म बजेको बताएका छन्। । जसका कारण रुस र क्राइमिया जोड्ने केर्च ब्रिज केही समयका लागि बन्द भएको थियो । युक्रेनले पश्चिमी देशहरूलाई हतियारको आपूर्ति बढाउन लगातार अपिल गरिरहेको बेला यो हमला भएको हो।
हालै रूसी सेनाले युक्रेनी मोर्चामा प्रगति गरेको छ र कीएभले पश्चिमी हतियारहरूको सहयोगमा तिनीहरूलाई रोक्न प्रयास गरिरहेको छ। गत महिना मात्र रुसी सेनाले महत्त्वपूर्ण पूर्वी सहर अदिभका कब्जा गरेको थियो ।
शनिबार रुसले युक्रेनी शहर ओडेसाको आवासीय क्षेत्रमा ड्रोन आक्रमण गरेको थियो, जसमा १० जनाको मृत्यु भएको थियो। आइतबार रुसले दक्षिणी खेरसन क्षेत्रलाई निशाना बनाएको थियो । युक्रेनी अधिकारीहरुका अनुसार आक्रमणमा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण