शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

क्राइमियामा ३८ युक्रेनी ड्रोन खसालेको रुसको दाबी

सोमबार, २१ फागुन २०८०, ०६ : २९
सोमबार, २१ फागुन २०८०

मस्को । रुसले आइतवार क्राइमियामाथि आक्रमण गरेका ३८ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । एउटा भिडियो फुटेजमा क्राइमियामा तेल डिपो नजिकै विस्फोट भएको देखिएको छ।

रुसले यस पछिल्लो ड्रोन आक्रमणबाट कुनै क्षति नभएको बताएको छ । तर प्रत्यक्षदर्शीहरूले विस्फोटका कारण झ्यालहरू हल्लिएको र कारको अलार्म बजेको बताएका छन्। । जसका कारण रुस र क्राइमिया जोड्ने केर्च ब्रिज केही समयका लागि बन्द भएको थियो । युक्रेनले पश्चिमी देशहरूलाई हतियारको आपूर्ति बढाउन लगातार अपिल गरिरहेको बेला यो हमला भएको हो।

हालै रूसी सेनाले युक्रेनी मोर्चामा प्रगति गरेको छ र कीएभले पश्चिमी हतियारहरूको सहयोगमा तिनीहरूलाई रोक्न प्रयास गरिरहेको छ। गत महिना मात्र रुसी सेनाले महत्त्वपूर्ण पूर्वी सहर अदिभका कब्जा गरेको थियो ।

शनिबार रुसले युक्रेनी शहर ओडेसाको आवासीय क्षेत्रमा ड्रोन आक्रमण गरेको थियो, जसमा १० जनाको मृत्यु भएको थियो। आइतबार रुसले दक्षिणी खेरसन क्षेत्रलाई निशाना बनाएको थियो । युक्रेनी अधिकारीहरुका अनुसार आक्रमणमा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप