सत्ता गठबन्धन भत्किने निश्चित भएपछि नयाँ समीकरण बनाउन दलहरू आन्तरिक छलफलमा
काठमाडौँ । कांग्रेस नेतृत्वको सत्ता गठबन्धनभित्रको खटपटले नयाँ राजनीतिक समीकरण बन्ने भएको छ । मन्त्रिपरिषद् पुनर्गठन एवं राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा सत्ता गठबन्धनभित्र विश्वासको वातावरण नबन्दा नयाँ समीकरणको गृहकार्यमा राजनीतिक दलहरू लागेका हुन् ।
विकसित घटनाक्रमसँगै राजनीतिक दलहरू बिहानैदेखि आन्तरिक छलफलमा जुटेका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ भने नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक जारी छ ।
माओवादी बैठक बालुवाटारमा र एमाले बैठक अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसिरहेको छ । बालकोट र बालुवाटारका दुवै बैठकमा शीर्ष नेताहरूले विकसित राजनीतिक घटनाक्रम र सम्भावित समीकरणबारे नेताहरूलाई जानकारी गराउनेछन् । स्रोतका अनुसार कांग्रेससँगको गठबन्धन टुट्ने लगभग निश्चित भएपछि एमाले, माओवादी, रास्वपा र जसपा लगायतको नयाँ समीकरण बनाउन नेताहरू सहमति नजिक पुगेका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सोमबार बिहान बसेको छ । सचिवालय बैठकले समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टी सभापतिले बैठकलाई जानकारी गराएका छन् । साथै बैठकले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिएको छ ।
पछिल्लो घटनाक्रमबारे छलफल गर्न जसपाले पनि बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय बालकुमारीमा बोलाएको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
‘गठबन्धन अब खटबन्धन भयो’, अध्यक्ष यादवले रातोपाटीसँग भने, ‘विकसित राजनीतिक घटनाक्रम र नयाँ समीकरणबारे छलफल जारी छ ।’
हिजो साँझ र बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबिच भएको छलफलबारे समेत कुराकानी भएको नेताहरूले बताएका छन् ।
यता सत्ता गठबन्धनले आठ बजे बोलाएको बैठक स्थगित भएको छ । बैठक स्थगित भएपछि कांग्रेस नेताहरू प्रधानमन्त्री प्रचण्डलाई भेट्न सोमबार बिहानै बालुवाटार पुगेका छन् । यसअघि आइतबार साँझ नै कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका मन्त्रीहरूलाई बोलाएर राजनीतिक घटनाक्रम बदलिन सक्ने सङ्केत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण