सत्ता समीकरण फेरबदलमा अनौठो संयोग दोहोरियो
काठमाडौँ । २०७९ को आम निर्वाचनपछि तेस्रो पटक सत्ता गठबन्धन फेरबदल हुँदैछ । गत वर्ष पुस १० मा एमाले, राप्रपा, रास्वपासहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ६४ दिनमात्र उक्त गठबन्धनको साथ रहे ।
त्यसपछि कांग्रेस, नेकपा एकीकृत समाजवादीसहितको गठबन्धनमा फर्किएका उनी एक वर्ष बित्नासाथ फेरि एमालेतिर ढल्किएका छन् ।
सत्ता समीकरणमा फेरबदलका क्रममा एउटा अनौठो संयोग दोहोरिएको छ । दुवै पटक सत्ता समीकरण फेरबदल हुँदा परराष्ट्रमन्त्रीको आसन्न विदेश भ्रमण रद्द गरिएको छ ।
२०७९ फागुन १४ गते आइतबार तत्कालीन परराष्ट्रमन्त्री विमला राई पौड्याल जेनेभा जाने तयारीमा रहँदा उनको भ्रमण अचानक रद्द गरिएको थियो । त्यतिबेला प्रधानमन्त्रीको निर्देशन भन्दै तत्कालीन मुख्यसचिव शंकरदास वैरागीले पौड्याललाई विमानस्थलबाट फिर्ता बोलाएका थिए ।
अहिले सत्ता गठबन्धन फेरबदलको रस्साकसीका बिच परराष्ट्रमन्त्री एनपी साउदको आसन्न फिनल्याण्ड भ्रमण रद्द भएको छ । विशेष परिस्थितिका कारण मन्त्री साउद पूर्वनिर्धारित कार्यक्रम अनुसार फिनल्याण्ड भ्रमणमा जान नसकेको मन्त्रालयले जनाएको छ ।
उल्लेखनीय छ, गत वर्ष फागुनमै सत्ता समीकरण फेरबदल भएको थियो । अहिले फागुनमै फेरि सत्ता समीकरणमा फेरबदलको तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण