सत्ता समीकरण परिवर्तन
उपप्रधानमन्त्री खड्काले भने- कांग्रेस मन्त्रीको राजीनामाबारे प्रधानमन्त्रीलाई सोध्नुस्
सोमबार, २१ फागुन २०८०, १० : ४१
१

काठमाडौँ । नेपाली काँग्रेसका मन्त्रीहरूको राजीनामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णयमा निर्भर रहने भएको छ । प्रधानमन्त्री प्रचण्डले नयाँ सत्ता समीकरणको बाटो राजेपछि कांग्रेसलाई सरकारबाट बाहिरिनुपर्ने बाध्यता देखिएको छ । तर, अहिलेसम्म कांग्रेसले राजीनामाबारे निर्णय लिइसकेको छैन ।
बरु काँग्रेसका मन्त्रीहरुले राजीनामा लागि प्रधानमन्त्रीको निर्णय पर्खेको देखिन्छ । कांग्रेसबाट सरकारमा नेतृत्व गरिरहेका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले आफूहरूको राजीनामाबारे प्रधानमन्त्रीलाई सोध्नुपर्ने प्रतिक्रिया दिए । काँग्रेसका मन्त्रीको राजीनामाबारे सोध्दा उपप्रधानमन्त्री खड्काले भने, ‘यो कुरा प्रधानमन्त्रीलाई सोध्नुहोस् ।’
आगामी रणनीति बनाउन अहिले कांग्रेस पदाधिकारी बैठक बसिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयको निवेदनपछि आजका लागि तोकिएको पेसी स्थगित
-
महायज्ञ गर्न उठीबास गराइएको डोम परिवारलाई धाकधम्की
-
भन्सार विभागको रिपाेर्ट : वैदेशिक व्यापार बढ्यो
-
ब्रेल लिपि सिर्जनाकाे २ सय वर्षः समाजमा घुलमिल हुन सहयोग गरेको मालीका दृष्टिविहीनको भनाई
-
कसरी स्टारमय हुन पुग्यो कृषाको ‘पिताम्बर’ ?
-
प्रधानमन्त्रीसँग १० सांसदका १८ प्रश्नोत्तर (पूर्णपाठ)