बालुवाटारमा नयाँ गठबन्धन ! तस्बिर सार्वजनिक
काठमाडौँ । सत्ता समीकरण परिवर्तन हुने निश्चित भएपछि नयाँ समीकरण निर्माणका लागि प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेता सहभागी छन् ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल सहभागी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि बालुवाटार बैठकमा छन् । नेताहरूबिच आजै नयाँ मन्त्रिमण्डल पुनर्गठन गर्नेबारे छलफल भइरहेको छ ।

हिजो राति बालुवाटारमा भएको सहमति अनुसार कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमालेसहितको नयाँ सत्ता समीकरण बनाउन नेताहरू सहमत भएका छन् । सोही अनुसार एमाले सचिवालय बैठक बसेर नयाँ सरकार गठन, सरकारमा सहभागी हुने दल, दलबाट पहिलो चरणमा पठाइने मन्त्री र मन्त्रालयको भागबन्डा गर्न नेताहरू बालुवाटारमा छलफलमा जुटेका हुन् ।
नेताहरूका अनुसार नयाँ गठबन्धनमा एमाले, माओवादी, रास्वपा, जसपा, जनमत र नाउपाको बन्ने लगभग पक्का भए पनि अन्तिम निर्णय गर्न बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण