शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आईपीएलअघि कप्तान परिवर्तन ‍‍‍‍‍गर्‍यो सनराइजर्स हैदराबादले

सोमबार, २१ फागुन २०८०, १२ : ०८
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । विश्व चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजन सुरु हुनुअघि सनराइजर्स हैदराबादले आफ्नो कप्तान परिवर्तन गरेको छ । सनराइजर्स हैदराबाटले अस्ट्रेलियाका प्याट कमिन्सलाई आफ्नो नयाँ कप्तान बनाएको हो । यसअघि दक्षिण अफ्रिकाका एडन मारक्रम सनराइजर्स हैदराबादका कप्तान थिए ।

सन् २०२३ को आईपीएलमा पनि मारक्रम नै सनराइजर्सका कप्तान थिए । अहिले सनराइजर्स हैदराबादले मारक्रमलाई हटाएर कमिन्सलाई कप्तानको जिम्मेवारी दिएको हो ।

सनराइजर्स हैदराबादले ३० वर्षीय कमिन्सलाई यसै सिजनको अक्सनमा खरिद गरेको हो । अक्सनमा कमिन्सका लागि सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारतीय रुपैयाँ खर्चिएको थियो । कमिन्स आईपीएलको इतिहासमा दोस्रो सबैभन्दा बढी रकममा बिक्री हुने खेलाडी पनि हुन् ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप