आईपीएलअघि कप्तान परिवर्तन गर्यो सनराइजर्स हैदराबादले
सोमबार, २१ फागुन २०८०, १२ : ०८
काठमाडौँ । विश्व चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजन सुरु हुनुअघि सनराइजर्स हैदराबादले आफ्नो कप्तान परिवर्तन गरेको छ । सनराइजर्स हैदराबाटले अस्ट्रेलियाका प्याट कमिन्सलाई आफ्नो नयाँ कप्तान बनाएको हो । यसअघि दक्षिण अफ्रिकाका एडन मारक्रम सनराइजर्स हैदराबादका कप्तान थिए ।
सन् २०२३ को आईपीएलमा पनि मारक्रम नै सनराइजर्सका कप्तान थिए । अहिले सनराइजर्स हैदराबादले मारक्रमलाई हटाएर कमिन्सलाई कप्तानको जिम्मेवारी दिएको हो ।
सनराइजर्स हैदराबादले ३० वर्षीय कमिन्सलाई यसै सिजनको अक्सनमा खरिद गरेको हो । अक्सनमा कमिन्सका लागि सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारतीय रुपैयाँ खर्चिएको थियो । कमिन्स आईपीएलको इतिहासमा दोस्रो सबैभन्दा बढी रकममा बिक्री हुने खेलाडी पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन विधेयकमा संशोधन : पर्यटन प्राधिकरण स्थापना, पर्वतारोहण नियमन र स्थानीय रोयल्टी
-
नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ
-
भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनः सञ्चालन
-
गण्डकीका तीन अदालतमा जलेका तीन हजार तीन सय मिसिल पुनः प्राप्ति
-
एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल हल्लाएर सरप्राइज उपहार जित्न सकिने
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा ७७ संशोधन दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण