सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरमा हेर्नुस्)

सोमबार, २१ फागुन २०८०, २२ : ००
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन् । सङ्घीय संसद् नयाँ बानेश्वरमा नवनिर्वाचित सांसदहरूले सोमबार शपथ लिएका हुन् । 

रिक्त २० जना राष्ट्रियसभा सदस्यमध्ये १९ जना सांसदहरूले राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालबाट शपथ लिएका हुन् । उनीहरू गत माघ ११ गते भएको निर्वाचनबाट निर्वाचित भएका थिए । बाँकी एक जना सदस्यले भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएपछि मात्र शपथ लिनेछन् ।

sapath (1)

सोमबार शपथ लिने सांसदहरूमा रुक्मिणी कोइराला, कृष्णप्रसाद सिटौला, पूजा चौधरी, आनन्दप्रसाद ढुङ्गाना, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, मनरुपा शर्मा रहेका छन् ।

त्यसैगरी पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, सावित्री मल्ल,  विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाया, रेणु चन्द, नारायणदत्त भट्ट र बलदेव बोहरा रहेका छन् ।

sapath (2)sapath (3)sapath (4)sapath (5)sapath (6)sapath (7)sapath (8)sapath (9)sapath (10)sapath (11)sapath (12)sapath (13)sapath (14)sapath (15)sapath (16)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप