आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

टी–२० विश्वकपमा भारत–पाकिस्तान खेलको टिकटको मूल्य २ करोड रुपैयाँभन्दा बढी !

सोमबार, २१ फागुन २०८०, १३ : २७
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुँदैछ । उक्त विश्वकपमा भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका समूह ‘ए’ मा परेका छन् ।

विश्व क्रिकेटमा भारत र पाकिस्तानबिचको खेल सधैं चर्चाको विषय बन्ने गरेको छ । यसपटक पनि विश्वकप सुरु हुनुभन्दा निकै अघिदेखि नै भारत र पाकिस्तानबिचको खेलले निकै चर्चा बटुलिरहेको छ । रंगशालामा उपस्थित भएर आगामी विश्वकपको खेल हेर्न टिकटको सबैभन्दा कम मूल्य ६ डलर (करिब आठ सय नेपाली रुपैयाँ) रहेको छ । जबकी विश्वकपमा भारत र पाकिस्तानबिच हुने खेलको टिकटको मूल्य ट्याक्सका अतिरिक्त चारसय अमेरिकी डलर (करिब ५३ हजार नेपाली रुपैयाँ) राखिएको छ ।

भारत र पाकिस्तानबिचको टिकटको मूल्य बढी हुनुको प्रमुख कारण यी दुई राष्ट्रबिच द्विपक्षीय शृंखला नहुनु पनि हो । समर्थकहरुले आईसीसी र एसीसीले आयोजना गर्ने प्रतियोगिताहरुमा मात्र यी दुई टोलीबिचको भिडन्तको आनन्द उठाउन पाउँछन् । आगामी विश्वकपमा भारत र पाकिस्तानबिचको खेल जुन ९ तारिखमा न्यु योर्कमा खेलिँदैछ । उक्त खेल हेर्न दुबै देशका समर्थक ठूलो धन राशी खर्च गरेर अमेरिका पुग्न चाहन्छन् । सोही कारणले उक्त खेलमा टिकट अवैध रुपमा पनि किनबेच हुन थालेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार, स्टबहब, सीटगीकजस्ता साइटमा भारत र पाकिस्तानबिचको खेलको टिकटको मूल्य निकै उच्च राखिएको छ । यस्ता साइटहरुमा भारत र पाकिस्तानबिचको खेलेको टिकटको मूल्य ४० हजार अमेरिकी डलरसम्म (करिब ५३ लाख नेपाली रुपैयाँसम्म) राखिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार, सीटगीक प्लेटफर्ममा त भारत र पाकिस्तानबिचको खेलको टिकटको मूल्य एक लाख ७५ हजार अमेरिकी डलरसम्म (करिब दुई करोड ३१ लाख नेपाली रुपैयाँ) राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप