आज नयाँ न्युज आउँछ, मोबाइलमा हेर्दै गर्नुभए हुन्छ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले नेपाली राजनीति नयाँ ढंगले अगाडि जान खोजेको बताएका छन् । सोमबार एमाले निकट मजदुर संगठन (जिफन्ट) को कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नयाँ सत्ता समीकरणले प्रभावकारी ढंगले काम गर्ने दाबी गरे ।
‘हामी नयाँ ढंगले जान खोजिराखेका छौं ,’ उनले भने, ‘आज छिटोछिटो परिवर्तन हुन खोजेको राजनीति कत्तिको प्रभावकारी ढंगले अगाडि बढ्छ ? जेहोस् आंशिक रुपमा भएपनि जस्तो अवस्था देशको भताभुंग बिग्रिएको छ । त्यस अवस्थाबाट सकारात्मक बाटोतर्फ फर्किन्छ भन्ने मैले विश्वास लिएको छु ।’
आज केही परिवर्तन हुने भन्दै उनले एमाले सरकारमा जान लागेको संकेत गरे । ‘आज पक्की केही परिवर्तन हुन्छ भन्ने मैले विश्वास लिएको छु । तपाईंहरुले घरीघरी मोबाइलमा यसो हेर्दै गर्दै गर्नुभए हुन्छ, के–के नयाँ न्युज आउँछ । तपाईंहरुलाई धेरै धेरै शुभकामना छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण