बालकुमारीमा जसपाको बैठक जारी
सोमबार, २१ फागुन २०८०, १८ : ५६
काठमाडौँ । सत्ता गठबन्धनको बैठकबाट फर्केपछि जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा जारी छ ।
चार दलीय गठबन्धनमा रहेको जसपाले सरकारमा पनि जाने निर्णय गरिसकेको छ । तर सरकारमा जाँदा के सर्तमा जाने, कुन–कुन मन्त्रालय लिने, कति वटा मन्त्रालय लिने, प्रदेशका सरकारमा के गर्ने, अन्य नियुक्तिहरूको विषयमा के गर्ने लगायतका विषयमा छलफल गर्नका लागि बैठक बसेको जसपाका प्रवक्ता मनिष समुनले बताए ।
यसअघि बिहान पनि कार्यकारिणी समितिको बैठक बसेको थियो । त्यसमा परिवर्तन भएको नयाँ समीकरणको बारेमा समीक्षा भएको थियो । सरकारमा जानेबारे निर्णय गरेको थियो तर कसरी जाने विषयमा गठबन्धनमा छलफल गरेर पुनः बैठक बसेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण