बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सिङ्गापुरले कर्मचारी अवकाशको उमेर ६४ वर्ष पुर्‍याउँदै

सोमबार, २१ फागुन २०८०, २० : २६
सोमबार, २१ फागुन २०८०

सिङ्गापुर । सिङ्गापुरले सन् २०२६ मा कर्मचारीको सेवा निवृत्तिको उमेर ६३ बाट बढाएर ६४ वर्षमा पुर्‍याउने जनशक्ति मन्त्री तान सी लेङले सोमबार संसद्मा घोषणा गरेका छन् ।

 उनले पुनः अवकाशको उमेर भने ६८ बाट ६९ वर्षमा पुर्‍याउने पनि बताए । सन् २०२३ जुनसम्ममा सिङ्गापुरका लगभग २० प्रतिशत नागरिक ६५ वर्ष र सोभन्दा माथिका थिए । कुल प्रजनन दर गत वर्ष ०.९७ मा झरेको थियो । सो प्रजनन दर देशको इतिहासमा पहिलो पटक १ अङ्कभन्दा तल झरेको थियो। -(रासस-सिन्ह्वा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप