सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाले मंगलबार मन्त्रीको टुंगो लगाउने

सोमबार, २१ फागुन २०८०, २१ : ४०
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले मंगलबार मन्त्रीको टुंगो लगाउने भएको छ । जसपाले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन मंगलबार पुनः केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो । 

बैठक पार्टी कार्यालय बालकुमारीमा दिउँसो ४ बजे   बस्ने पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार सोमबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप