बहिनीलाई पास गराउन दाजु प्रहरी बनेर परीक्षा हलमा गएपछि....
नयाँ दिल्ली । भारतमा प्रहरीहरूले प्रहरी पोसाकमा एक पुरुषलाई पक्राउ गरेका छन् । आफ्नी बहिनीलाई १२ कक्षाको परीक्षामा पास गराउन प्रहरीको भेष बनाएर परीक्षा हलमा गएपछि प्रहरीले २४ वर्षका अनुपम मदन खन्दारेलाई समातेका हुन् । यो घटना महाराष्ट्रको हो । फेब्रुअरी २१ मा भारतको महाराष्ट्रमा उच्च माध्यमिक बोर्डको परीक्षा सुरु भएको थियो ।
राज्यको पतुर सहरस्थित शाहबाबु उर्दु उच्च विद्यालयमा परीक्षा चलिरहँदा खन्दारे प्रहरी पोसाकमा छिरे । ती युवक परीक्षामा चिट चोर्नबाट रोक्न होइन आफ्नी बहिनीलाई चिट चोराउन गएका थिए । एक दिन प्रहरी पोसाकमा आँखा गएपछि उनको दिमागमा प्रहरीको भेष बनाएर परीक्षा हलमा जाने ‘आइडिया’ आएको थियो । तर स्थिति उनले सोचेजस्तो भएन ।
खन्दारे परीक्षा हलमा त सजिलै छिरे । बहिनीलाई चिट चोर्न सहयोग गर्न लागेकै थिए । सक्कली प्रहरीको टोली परीक्षा हलमा टुप्लुक्क आइपुगे । सक्कली प्रहरीको टोलीलाई देखेपछि खन्दारेले सलाम ठोके । तर उनको अप्ठ्यारो हाउभाउले शङ्का उत्पन्न गरायो । सक्कली प्रहरीको टोलीले २४ वर्षीय युवकको पोसाक नियाले ।
यस क्रममा पोशाकमा टाँएिको नेम प्लेट नै अशुद्ध पाए । उनको पोसाकको स्तर पनि शङ्का उब्जाउने खालको थियो । प्रहरीहरूले खन्दारेलाई केरकार गरे अनि उनको बगली चेक गर्न थाले । चेकजाँचका क्रममा उनको बगलीबाट एक मुठ्ठी चिट निस्कियो । प्रहरीहरूले उनलाई हिरासतमा राखेका छन् । सरकारी कर्मचारीको भेष धरेको भन्दै अभियोग पनि चलाएका छन् । भारतमा बेला बेलामा यस्ता खालको उटपट्याङ हर्कतहरु आइरहन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण