युरोपमा एप्पललाई २ अर्ब डलर जरिवाना
ब्रसेल्स । युरोपेली संघ (ईयू)ले अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पललाई २ अर्ब डलर जरिवाना लगाएको छ । प्रतिस्पर्धा खुम्च्याउन नहुने कानुन उल्लङ्घन गरेपछि सोमबार ईयूले कम्पनीमाथि उक्त रकम जरिवाना तिर्न आदेश दिएको हो । एकाधिकार विरोधी नियम मिचेको मामिलामा ईयूले एप्पलमाथि जरिवाना लगाएको यो पहिलो पटक हो ।
स्पटीफाई लगायत प्रतिस्पर्धी म्युजिक स्ट्रिमिङ सेवाहरूलाई एप्पलको एप स्टोरबाहिर सस्तो खालको सेवा पनि किन्न सकिन्छ है भनेर आइफोन प्रयोगकर्तालाई भन्न रोकेको थियो । एप्पलले बजारमा आफ्नो दबदबाको दुरुपयोग गरेको ईयूको प्रतिस्पर्धा तथा डिजिटल प्रमुख मार्गरेथ भेष्तागरले बताएकी छिन् । कम्पनीको यो हर्कतका कारण युरोपेली प्रयोगकर्ताहरूसामु कहाँ, कसरी र कुन मूल्यमा म्युजिक स्ट्रिमिङ सब्सक्रिप्शन किन्ने खुला विकल्प नभएको भेष्तागरले भनेकी छिन् ।
यो कार्य गैर कानुनी भएको र यसले युरोपको दसौँ लाख उपभोक्ता प्रभावित भएको पत्रकार सम्मेलनमा उनले भनेकी थिइन् । एप्पलले अहिले आईओएस यूजरहरूलाई एप बाहिर सस्तो खालको म्युजिक स्ट्रिम गर्ने सेवा उपलब्ध छ भनेर सूचित गर्न एप डेभलपरहरूलाई बन्देज लगाएको छ । यो जरिवाना विरुद्ध एप्पलले पुनरावेदन अदालतमा जाने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण