टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला
४७ रन बनाउँदै पेभेलियन फर्किए ओपनर आसिफ
मङ्गलबार, २२ फागुन २०८०, १२ : ३२
काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटका रूपमा ओपनर ब्याट्सम्यान असिफ शेखलाई गुमाएको हो ।
आसिफ ४७ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । आउट हुनुअघि उनले ३७ बलको सामना गरी तीन छक्का र एक चौका हिर्काएका थिए । उनलाई डच बलर लेभिटले एलबीडब्लूको धरापमा पारेका हुन् । १३.४ ओभरमा आसिफ आउट हुँदा नेपालले एक सय २५ रन बनाएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदलाई संस्थागत ‘ब्याकअप’ र दक्ष स्वकीय सचिव आवश्यक छ : विज्ञ राई
-
युक्रेनी ड्रोन विकासकर्तासँग जापानको सहकार्यप्रति रुसको आपत्ति
-
अमेरिकामा एन्ड्र्यु टेट र उनका भाइ ट्रिस्टन पक्राउ
-
आँखा अस्पतालमा बिरामी बढे
-
देशका केही स्थानमा आकस्मिक बाढीको जोखिम, सतर्कत रहन आग्रह
-
राष्ट्र बैङ्क ऐन संशोधन विधेयकमाथि छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण