राजनीति
प्रचण्डको प्रस्तावपछि माधव नेपालले बोलाए बैठक
मङ्गलबार, २२ फागुन २०८०, १२ : ३६
काठमाडौँ । विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेगरी बैठक बोलाएको सो पार्टीका केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।
‘बुधवार ११ बजे सचिवालय बैठक बोलाइएको छ । विकसित राजनीतिक घटनाक्रम र महाधिवेशनबारे छलफल हुन्छ’, श्रेष्ठको भनाइ छ । एमालेसहितको नयाँ समीकरण बनेपछि एकीकृत समाजवादीलाई सरकारमा आउन प्रधानमन्त्री प्रचण्डले आग्रह गरिसकेका छन् ।
तर नयाँ समीकरण र नयाँ सरकारको उद्देश्य, योजना, नीति कार्यक्रम हेरेर मात्रै निर्णय गर्ने जवाफ अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डलाई दिइसकेका छन् । नेता श्रेष्ठले सरकारमा गइहाल्ने सम्भावना नरहेको भन्दै पर्ख र हेरको नीति कायमै रहे पनि बैठकले ठोस निर्णय गर्न सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण