ओलीको फोनले पनि माधव नेपाल किन छैनन् विश्वस्त ?
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सोमबार साँझ फोन गरेर स्वास्थ्य अवस्था बुझे । सामान्य रुघाखोकीका कारण घरमै आराम गरिरहेका नेता नेपाल आइतबारसम्म सत्ता गठबन्धनका महत्त्वपूर्ण नेता मानिन्थे ।
तर अप्रत्याशित कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर सोमबार औपचारिक रूपमा एमालेसहितको नयाँ सत्ता गठबन्धन निर्माण भयो । सोही गठबन्धनका आधारमा पुराना मन्त्री बर्खास्त गरेर सोमबारै तीन जना नयाँ मन्त्रीहरू थपेर प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको मन्त्रिमण्डल पुनर्गठन गरे । तर यसरी घटनाक्रम बदलिँदासम्म माधव नेपाललाई न प्रचण्डले नै थाहा दिए न एमाले अध्यक्ष ओलीले नै कुनै कुराकानी गर्न उचित ठाने ।
जब तीन मन्त्रीले शीतलनिवासमा शपथ खाए, त्यसपछि प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई विकसित घटनाक्रमबारे जानकारी दिँदै सोधखोज गरे । सोमबार साँझ बालुवाटारमा सरकारलाई पूर्णता दिन र शक्ति बाँडफाँड लगायतका विषयमा छलफल गर्न बोलाइएको गठबन्धनको बैठक चलिरहेका बेला प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले नेता नेपाललाई पनि समीकरणमा समेट्ने प्रयास गर्नुपर्ने धारणा राखे ।
प्रचण्ड र ओलीबीच यति कुरा भएपछि ओलीले बालुवाटारबाटै नेता नेपाललाई फोन गरेर स्वास्थ्य अवस्थाबारे बुझ्नुका साथै नयाँ समीकरण र प्रस्तावबारे प्रधानमन्त्री प्रचण्ड भेट्न आउने सन्देश दिए । लगत्तै प्रचण्ड नेता नारायणकाजी श्रेष्ठलाई लिएर नेता नेपाल निवास कोटेश्वर पुगे । भेटमा प्रचण्डले पनि नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरे ।
तर नेपालले पार्टीमा छलफल गरेर मात्र निर्णय गर्ने जवाफ दिए । किनभने अध्यक्ष नेपाल ओली प्रचण्डको पुस १० को सहमतिमा पनि बाहिरै थिए । उनले आफूलाई बाहिर राखेर ओली प्रचण्ड नयाँ समीकरण बनाउने र पछि आफूलाई औपचारिकताका लागि मात्र फोन संवाद र भेटवार्ता गर्ने गरेकाले विश्वस्त हुन नसकेको नेपाल निकट स्रोतले जनाएको छ ।
‘पहिला पनि ओली प्रचण्डले धोका दिएको हो । अहिले पनि लगभग त्यस्तै हो’, अध्यक्ष नेपाल निकट एक नेताले भने, ‘अघिल्लो दिनसम्म कुरा हुँदा पनि प्रचण्डले केही भन्नुभएन । बरु मधेसमा रहेका उपेन्द्र यादवलाई फोन गरेर रातारात काठमाडौँ बोलाइयो । यस्तो अवस्थामा कसरी विश्वास गर्ने ?’ बदलिएको समीकरणमा माधव नेपाल पनि समेटिए बागमती, गण्डकीलगायतका प्रदेशमा सरकार गठनमा सहजता हुने देखिन्छ । त्यही बुझेर ओली र प्रचण्डले नेपाललाई फकाउने प्रयास गरेपनि मन कुँडिएकाले नेपाल तत्काल नयाँ सत्ता समीकरणमा आइहाल्ने सम्भावना कम रहेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण