मधेस केन्द्रित दल मन्त्री टुङ्ग्याउन छलफलमा व्यस्त
काठमाडौँ । सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउनेलगायत मुलुकको समसामयिक परिस्थितिबारे समीक्षा गर्न मधेस केन्द्रित राजनीतिक दलहरु छलफलमा जुटेका छन् ।
जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी नयाँ परिस्थितिमा पार्टीको आगामी रणनीति बनाउन बैठक र परामर्शमा केन्द्रित भएका हुन् । जनमत पार्टीको सचिवालय बैठक भर्खरै सुरु भएको छ भने जसपाको कार्यकारिणी समिति बैठक भोलि बिहान ८ बजे बोलाइएको छ ।
उक्त बैठकले सरकारमा सहभागी मन्त्रीको नाम टुङ्गो लगाउने जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिए । उनले भने, “आज दिउँसो ३ बजे गठबन्धनको बैठक छ । भोलि बिहान ८ बजे जसपा कार्यकारिणी समितिको बैठकले आफ्नातर्फबाट सहभागी हुने मन्त्रीको निर्णय गर्नेछ ।”
नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालबीच नयाँ सहकार्यका आठ बुँदामा सोमबार सम्बन्धित पार्टीका अध्यक्षहरुले हस्ताक्षर गरेका थिए ।
यता जनमत पार्टीले पनि गठबन्धन सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिएकाले नयाँ परिस्थितिमा पार्टीको रणनीति के हुने भन्नेबारे आधिकारिक धारणा तय गर्ने सो पार्टीका प्रवक्ता डा शरदसिंह यादवले बताए । “पार्टीको सचिवालय बैठक हिजो आज जारी रहेको । अहिलेको राजनीतिक घटनाक्रमको समीक्षा गर्दै, गठबन्धनको निरन्तर र पार्टीको अडानका बारेमा बैठकमा छलफल भइरहेको जानकारी दिए ।
उनले मधेस प्रदेशमा मुख्यमन्त्रीलगायत विषयमा निचोड निकालेर सरकारमा सहभागी हुने÷ नहुनेबारे पार्टीले आजै निर्णय गर्ने जानकारी दिए ।
यसैबीच, लोसपा पनि नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने भन्नेबारे पार्टीको धारणा बनाउन छलफलमा जुटेको छ । आज पनि बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष महन्थ ठाकुरसहित शीर्षनेताहरुको बैठक बसेर निर्णय लिने सो पार्टीका महासचिव डा सुरेन्द्र यादवले बताए ।
उनका अनुसार आज बिहान प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लोसपाका अध्यक्ष ठाकुरले भेटवार्ता गरेका छन् । उनीहरुबीच मुलुकको समसामयिक परिस्थितबारे कुराकानी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण