सिट बाँडफाँटबारे सहमति खोज्न बालुवाटारमा जुट्यो कार्यदल
काठमाडौँ । एमालेसहितको नयाँ सत्ता गठबन्धनले तयार गरेको चार सदस्यीय कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । मंगलबारको बैठकमा गठबन्धन दलहरूले पाउने सिट बाँडफाँट र मन्त्रालयको टुंगो लगाउन प्रयास गरिने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द आचार्यले जानकारी दिए ।
‘कार्यदलको बैठक बसिरहेको छ । कुन दलले कुन मन्त्रालय पाउने वा कति मन्त्रालय पाउने भन्ने विषयमा टुंगो लगाउन प्रयास गर्ने छ’, आचार्यले भने ।
कार्यदलमा एमालेबाट महासचिव शंकर पोखरेल, माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन, रास्वपाबाट स्वर्णिम वाग्ले र जसपाबाट वरिष्ठ नेता राजेन्द्र सहभागी छन् । खासगरी शक्तिशाली मन्त्रालय मानिएको अर्थ र गृह मन्त्रालयमा कुरा मिलेको छैन ।
सोमबार बसेको बैठकले अर्थ माओवादीलाई दिने मोटामोटी सहमति भएको नेता पुनले बताएका थिए । गृहमा रास्वपा र माओवादीले दाबी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनगर्ठित सरकारमा सोमबार तीन जना मन्त्रीलाई विनाविभागीयको जिम्मेवारी दिएका छन् । जसमा एमालेबाट पदम गिरि, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्यालले मन्त्री भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण