बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सिट बाँडफाँटबारे सहमति खोज्न  बालुवाटारमा जुट्यो कार्यदल

मङ्गलबार, २२ फागुन २०८०, १७ : २०
मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । एमालेसहितको नयाँ सत्ता गठबन्धनले तयार गरेको चार सदस्यीय कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी  छ । मंगलबारको बैठकमा गठबन्धन दलहरूले पाउने सिट बाँडफाँट र मन्त्रालयको टुंगो लगाउन प्रयास गरिने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द आचार्यले जानकारी दिए ।

‘कार्यदलको बैठक बसिरहेको छ । कुन दलले कुन मन्त्रालय पाउने वा कति मन्त्रालय पाउने भन्ने विषयमा टुंगो लगाउन प्रयास गर्ने छ’, आचार्यले भने ।

कार्यदलमा एमालेबाट महासचिव शंकर पोखरेल, माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन, रास्वपाबाट स्वर्णिम वाग्ले र जसपाबाट वरिष्ठ नेता राजेन्द्र सहभागी छन् । खासगरी शक्तिशाली मन्त्रालय मानिएको अर्थ र गृह मन्त्रालयमा कुरा मिलेको छैन । 

सोमबार बसेको बैठकले अर्थ माओवादीलाई दिने मोटामोटी सहमति भएको नेता पुनले बताएका थिए । गृहमा रास्वपा र माओवादीले दाबी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनगर्ठित सरकारमा सोमबार तीन जना मन्त्रीलाई विनाविभागीयको जिम्मेवारी दिएका छन् । जसमा एमालेबाट पदम गिरि, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट  डिपी अर्यालले मन्त्री भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप