चीनमा आइफोनको बिक्री एक चौथाइले घट्यो
बेइजिङ । चीनमा अमेरिकी आइफोन निर्माता कम्पनी एप्पलको आइफोन बिक्रीमा उच्च कमी आएको छ । गएको वर्षको सोही अवधिको तुलनामा सन् २०२४ को पहिलो ६ हप्तामा चीनमा आइफोनको बिक्री २४ प्रतिशतले घटेको बजार अनुसन्धानकर्ता संस्था काउन्टर प्वाइन्टले बताएको छ ।
स्थानीय स्मार्टफोन निर्माता कम्पनीहरूबाट चीनमा एप्पलले कडा प्रतिस्पर्धाको सामना गरिरहेका बेला बिक्री घटेको हो । गएको वर्षको सोही अवधिमा १९ प्रतिशत रहेको बजार हिस्सा समीक्षा अवधिमा घटेर १५ दशमलव ७ प्रतिशतमा झरेको छ । योसँगै चीनको स्मार्टफोन बजारमा दोस्रो स्थानबाट ओर्लिएर एप्पल चौथो स्थानमा समेटिएको छ । चीनमा बिक्री घट्न थालेपछि गएको महिना कम्पनीले पहिलो पटक छुटमा आइफोन बेचेको थियो ।
समीक्षा अवधिमा घरेलु बजारमा हुवावेईको बिक्री ६४ प्रतिशतले बढेको छ । यस विषयमा बीबीसीले राखेको जिज्ञासामा एप्पल र हुवावेई दुवैले कुनै प्रतिक्रिया नदिएको बताइएको छ । हुवावेईको तीव्र बजार विस्तारबिच ओप्पो, भिभो र साओमीको आक्रामक मूल्य नीतिका कारण पनि एप्पल चपेटामा परेको काउन्टर प्वाइन्टका मेङमङ चाङले एक विज्ञप्तिमा भनेका छन् । चीन एप्पलको सबैभन्दा ठुलो बजारमध्ये एक हो ।
सोही अवधिमा समग्रमा स्मार्टफोन बिक्री ७ प्रतिशतले घटेको थियो । अमेरिकाले लगाएको प्रतिबन्धका कारण हुवावेईले कयौं वर्षसम्म सङ्घर्ष गर्नुपरेको थियो । तर अगस्टमा मेट सिरिजको ५ जी स्मार्टफोन ल्याएपछि कम्पनीको बिक्री बढिरहेको छ । अमेरिकाले ५ जी मोबाइल इन्टरनेटका लागि चाहिने मुख्य चिप र प्रविधिहरूमा पहुँच बन्द गरेको भए पनि हुवावेईको बिक्री बढ्नुलाई धेरैले अचम्म भनेका छन् । समीक्षा अवधिमा भिभो, साओमी र ओप्पोको बिक्री भने घटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण