नाटक ‘झोडा’ अब २६ गतेसम्म मञ्चन हुने
काठमाडौँ । नाटक ‘झोडा’ मञ्चन अवधि थपिएको छ । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चनरत नाटकको समय ४ दिन थपिएको हो । दर्शक माग बढेपछि फागुन २६ सम्मलाई समय थपिएको नाटकका परिकल्पनाकार तथा निर्देशक चेतन आङथुपोले जानकारी दिए । यसअघि नाटक फागुन २२ गतेसम्म मञ्चन हुने तय भएको थियो ।
नाटकमा पूर्वी मधेसमा झोडा फाँडेर बस्ने आदिवासी समुदायको कथा समेटिएको छ । नाटक मंगलबारबाहेक साताको प्रत्येक दिन साझ पाँच बजे र शनिबार दिउँसो १ बजे मञ्चन हुनेछ । चुलाचुली रंगमञ्चको प्रस्तुति रहेको नाटकमा कलाकार मन कुमार योङ्गहाङ, रमिला राई (रमिता), उदय वेघा, बेन्वो सन्तोष, मनिस मगर (प्रविन), बविना राई, मिना नेम्बाङ, विपिसा राई, मनिक शंकर, युगल लिम्बू, दीपक खरेल, प्रविन भण्डारी, चेतना आचार्य र प्रिन्स तामाङको अभिनय छ ।
गणेश रसिकको उपन्यास ‘आकाशगंगाको ओतमुनि’ मा आधारित नाटकको नाट्य रूपान्तरण सुमन लिङ्देनले गरेका छन् । नाटकका निर्माता सुरेश माङ्पाहाङ राई हुन् । नाटकमा प्रयोग गरिएको गीत सुन्दर कुरुप र ताया राईले लेखेका छन् ।
गीतमा ताया राई, स्वस्तिका लिम्बू र आशा सावाको स्वर छ । गीतमा बालकृष्ण राईले संगीत भरेका छन्। भने बासुरीमा एमपी मगर, मादलमा दिनेश विश्वकर्मा र गितारमा दिपेश मगर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण