एकीकृत समाजवादीको निर्णय कुर्दै सत्ता गठबन्धन
काठमाडौँ । सत्ता गठबन्धनका नेताहरू मन्त्रालयको भागबन्डा टुङ्ग्याउन एकीकृत समाजवादीको निर्णय कुरेर बसेका छन् । मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेट गरी सरकारमा आउन औपचारिक प्रस्ताव गरेका थिए।
यस विषयमा पार्टीमा निर्णय गरेर जवाफ दिने नेपालले बताएका थिए । मंगलबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले सरकारमा आउने दलहरू निश्चित भएपछि सिट बाँडफाँट टुङ्गो लगाउने गरी बैठक स्थगित गरेको थियो ।
सरकारमा जाने/नजानेबारे विषयमा टुङ्गो लगाउन एकीकृत समाजवादीले सचिवलय बैठक बोलाएको छ । यसै विषयमा छलफल गर्न कार्यदलका सदस्यहरू फेरि बालुवाटारमा जुटेका छन् । अहिलेसम्म कुन दलले कति मन्त्री पाउने भन्ने विषयमा टुङ्गो नलागिसकेको कार्यदल सदस्य राजेन्द्र श्रेष्ठले दाबी गरे।
सोमबार पुनर्गठन भएको मन्त्रिपरिषदमा एमाले, माओवादी र रास्वपाले एक÷एक जना विना विभागीय मन्त्री पठाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण