एकीकृत समाजवादीको निर्णय कुर्दै सत्ता गठबन्धन

काठमाडौँ । सत्ता गठबन्धनका नेताहरू मन्त्रालयको भागबन्डा टुङ्ग्याउन एकीकृत समाजवादीको निर्णय कुरेर बसेका छन् । मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेट गरी सरकारमा आउन औपचारिक प्रस्ताव गरेका थिए।
यस विषयमा पार्टीमा निर्णय गरेर जवाफ दिने नेपालले बताएका थिए । मंगलबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले सरकारमा आउने दलहरू निश्चित भएपछि सिट बाँडफाँट टुङ्गो लगाउने गरी बैठक स्थगित गरेको थियो ।
सरकारमा जाने/नजानेबारे विषयमा टुङ्गो लगाउन एकीकृत समाजवादीले सचिवलय बैठक बोलाएको छ । यसै विषयमा छलफल गर्न कार्यदलका सदस्यहरू फेरि बालुवाटारमा जुटेका छन् । अहिलेसम्म कुन दलले कति मन्त्री पाउने भन्ने विषयमा टुङ्गो नलागिसकेको कार्यदल सदस्य राजेन्द्र श्रेष्ठले दाबी गरे।
सोमबार पुनर्गठन भएको मन्त्रिपरिषदमा एमाले, माओवादी र रास्वपाले एक÷एक जना विना विभागीय मन्त्री पठाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूचना टाँसेर ३ घण्टा सारियो प्रतिनिधिसभा बैठक
-
सुदूरपश्चिम : सोडारीविरुद्ध मुद्दा चलेसँगै को बन्छ एकीकृत समाजवादी संसदीय दलको नेता ?
-
प्रधानमन्त्री ओली म्याग्दीकाे नारच्याङमा, के छ कार्यक्रम ?
-
सदन सञ्चालनबारे सत्तापक्ष र प्रतिपक्षसँग छलफलमा सभामुख
-
बन्द पक्षधर माइक्रोबस चालकद्वारा साझा यातायातलाई धम्की
-
६ घर दलित परिवारको बाटो बन्द हुने गरी मन्दिरमा पर्खाल