सुदूरपश्चिम सरकारबाट माओवादी केन्द्रको समर्थन फिर्ता
कैलाली । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
बुधबार बिहान बसेको सो पार्टीको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर साह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको संसदीय दलका नेता मानबहादुर धामीले रातोपाटीलाई जानकारी दिए ।
माओवादीले शाह नेतृत्वको वर्तमान सरकार गठन भएको एक वर्ष सम्ममा पनि सुशासन, विकास र जनतामा आशा जगाउन पूर्णतः असफल भएको ठहर गरेको छ ।
‘संसद्लाई बिजनेस दिन, नयाँ विधेयक, ऐन र कानुनहरू निर्माण गर्नमा समेत सरकार असफल भएको छ’, दलको बैठकपछि जारी विज्ञप्तिमा माओवादीले भनेको छ । यो प्रदेशमा माओवादीका मन्त्रीहरू पदमुक्त भैसकेका छन् । ‘देशको राजनीतिमा आएको परिवर्तन र सरकारले नै हाम्रा दलका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई पदमुक्त गरिसकेको अवस्थामा वर्तमान सरकारलाई समर्थन गरिराख्नुपर्ने कुनै कारण नै रहेन’, दलका नेता धामीले भनेका छन्, ‘अतः आज मिति २०८० /११ /२३ गते देखि कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवगत गराउँदै यो प्रेस वक्तव्य जारी गरिएको छ ।’
सुदूरपश्चिममा माओवादीका ११ सांसद रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण